पी पी कोइराला
धरान-१३

एक दिन सूर्यलाई पृथ्वीको हरियाली देखेर डाहा उत्पन्न भएछ । उनले पृथ्वीका सबै वासनाहरुलाई सूर्यलोक आउने निम्तो दिएछन् ।
निम्तो पाएपछि के के न फाइदा हुन्छ भनेर कामवासना , सुगन्ध , दुर्गन्ध आदि सम्पूर्ण वासनाहरू पृथ्वीका प्राणी वनस्पतिबाट फुत्तफुत्ति निस्केर सूर्यलोक तिर प्रस्थान गरेछन् ।
यता पृथ्वी वास्ना शुन्य भएपछि प्राणी र वनस्पतिको दिनचर्या विथोलिएछ।
इकोसिस्टम मा प्रभाव परेर सबै जीवजीवात्मा डरलाग्दो परिस्थितिमा पुगेको सुन्ने वित्तिकै प्रकाशको गतिमा ब्रम्हाजी सूर्य नजिक आएर भन्नुभएछ , ” हे सूर्य देव ! पृथ्वीलाई किन तहसनहस पार्नु भएको ?”
” प्रभु ! के पृथ्वीले मात्रै हराभरा हुन पाउने ? हामी चाहिँ सँधै ताप र रापले जलिरहनु ? “सूर्यले भएभरको रिस पोखेछन्।
ब्रम्हाजीले सूर्यलाई सान्त्वना दिँदै भन्नुभएछ, ” तपाईँको यही ताप र रापको सन्तुलित मात्राबाट प्राण पाएर त पृथ्वीमा हराभरा हुनेगरि सृष्टि हुनसकेको हो।” ” यस बाट मलाई के फाइदा भयो त प्रभु ?” अझै सूर्यदेवले असन्तोष जनाएछन्।
ब्रह्माजीले फकाउँदै सूर्यलाई भनेछन्,”फाइदैफाइदा भएको छ नि। पृथ्विवासी जति सबैले मलाई भन्दा तपाईँलाई सबैभन्दा ठूलो भगवान मानेर बिहानै नमस्कार गर्दै पुजिरहेकै छन् त।”
बल्ल सूर्यदेव खुशी देखिएछन्।
तर ब्रम्हाजीले मुस्कुराउँदै वासनाहरुतर्फ ईंगित गर्दै भन्नुभएछ, “एउटा छोडेर अर्कोतिर गएपनि आफ्नो स्थान उही त रहने हो , त्यसैले सृष्टिको नियममा रहेर आआफ्नो तोकिएको जिम्मेवारी पुरा गर्नु नै धर्म हो, लु अब छिटो पृथ्वी फर्क।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

6 minutes ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

23 minutes ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago