Categories: बाल कथा

“लोरी”

सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

उनीहरु अस्पतालबाट फिरे।छोरोले वृद्धा बिरामी आमालाई डोर्याएर घरभित्र हुले र औछ्यानमा ढल्काए। त्यसपश्चात् झोलाबाट औषधीहरु निकालेर टेबलमा राख्दै थिए,अनायासै श्रीमतीको चर्को आवाजले झस्के। उनी घडी हेर्दै आत्तिन्दै थिइन् – “ला मेरो सिरियल सकिनै आँटेछ!”
उनले हत्तरपत्तर टिभी खोलिन् र पलङ्मा बसेर हेर्न थालिन्। श्रीमान भान्साकोठातर्फ लागे। तत्क्षणै आमा खोक्न थालिन्। खोकीको गति बड्दै गयो,बड्दै गयो। उनी राल,सिंगान र आँशुमा लतपत भइन्। अनुहार राताम्मे र श्वासमा तीव्रता थियो। स्याँ स्याँ गर्दै पानीको गिलासतर्फ इशारा गर्दै थिइन्।
त्यसताका छोरो आईपुगे। हत्तपत्त आमालाई उठाए। पानी पिलाए र मुख पुछिदिँदै श्रीमतीलाई हकारे- “आमाको ख्याल गर्नुपर्दैन?”
श्रीमतीले दुबै कानबाट औंलाको ठेडी निकाल्दै आँखा फुकालेर हेरिन्। उनी लुरुक्क परेर आमापट्टि फर्के। आमाको ढाड मुसार्दै रुञ्चे स्वरमा भने – “आमा,बिस्तारै खोक्नुपर्छ नि,अरुलाई बाधा पुग्छ!”
आमाले खोकी रोक्ने प्रयत्न गर्दै भनिन् – “सानोमा यही आवाजले गाएको लोरी नसुनी सुत्दैन थिइस्,अहिले बाधा भो!”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

15 hours ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

15 hours ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

2 days ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

2 days ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

3 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

3 days ago