बिन्दा पराजुली बराल
क्यानडा
असार लाग्यो दर्किदा पानी मन पोल्छ आगर
यो बर्खे बेला नलाईकन हुँदैन जाँगर
पसिनाजति बेचेर यता मिल्दैन बहार
उता छ आफ्नो खोरिया बाँझो के गर्नु असार।
झल्झली आयो खल्बल गरी बेँसीमा झरेको
असारे भाका लगाई बेठी रम्झम गरेको
किसानी मन परदेश बस्दा सम्झना अपार
उता छ आफ्नो पखेरो बाँझो के गर्नु असार।
उर्लदो भेल दर्केको पानी घुमले छेकिन्थ्यो
छरेर मुठ्ठी उब्जनी पाथी कर्मले जोखिन्थ्यो
यता छु आफू समृद्ध स्वप्ना रेटिए हजार
उता छ आफ्नो सिमसार बाँझो के गर्नु असार।
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…
सुदर्शन अम्बटे भाषा-भाषा भन्दै ज्यानै दिन्थ्यौँ हामी, अचेल हाम्रा नानीहरूलाई इङ्लिस लाग्छ दामी। नर्सरीको एस-मेस-ठेस'ले…
वसन्त अनुभव वसन्तविहार, घोराही दाङ चुलो हाम्रो खाली, रुँदै बस्यो भाँडो। भान्साभित्र आज, पस्यो फेरि…