Categories: बाल कथा

धारे हात

शुक्रराज कुँवर
बलभद्रपथ ,धरान १०

ऊ अन्तर्वार्तामा फेल भयो ।
रमालाई दोहोरो खुसी प्राप्त भयो । एउटा आफ्नो छोरो पास भएको अर्को ऊ याने सौतेलो छोरो फेल भएको ।
खुसीको उत्सव मनाउँदै छोरालाई अविर टिकाले सज्जित गर्दै सौतेलो छोरो प्रति धारे हात लगाउँदै भनिन् –
“ठिक्क पर्यो त्यसलाई ।”
“त्यसो नभन्नु आमा । हजुर सौतेलो छोरो भनेर दाइलाई धेरै घृणा गर्नु हुन्छ । दाइ तपाईँमा पनि आफ्नो आमाको रुप खोज्नु हुन्छ । म आफ्नै बुताले पास भएको होइन । म फेल हुँला भनेर दाइले अन्तर्वार्ता नै दिनु भएन ।” दाइ प्रति कृतज्ञ हुँदै भाइले भन्यो ।
छोराको कुराले रमालाई अलिकति पनि छोएन । सौतेलो भनेको सौतेलो नै हो भन्ने उनको सोचाइ थियो । त्यसैबेला ऊ यानेकी सोतेलो छोरा टुप्लुक्क देखा पर्यो । उसले भाइलाई बधाई दियो र खुसी हुँदै आमालाई भन्यो – ” आमा मलाई आशीर्वाद दिनुस् …! म छात्रवृत्तिमा अमेरिका पढन जान पाउने भएँ ।”
तर रमाले मुख अमिलो पार्दै ऊ कोठा भित्र छिरे पछि धारे हात लगाइ हालिन् ।
रमा दीर्घरोगले च्यापेर अस्पतालको बेडमा थिइन् । उनको छोरा उनलाई भेट्न सम्म आएको थिएन । उनी अर्धचेतमै छोरा सम्झेर बरबराइरहेकी थिइन् ।
जब उनको चेत आयो र आँखा खोलिन् उनको पाउ नेर ऊ यानेकी सोतेलो छोरो उनको सेवामा उपस्थित थियो ।
यसबेला भने उनको धारे हात उठेन ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

12 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

12 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago