
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर
ल कृष्ण त फेल भएछ।
कृष्ण र अर्जुन मिल्ने साथी थिए। आमाहरूको पनि मिलाप गहिरो थियो तर पढाइका विषयमा चाहिँ यदाकदा ठाकठुक परिरहन्थ्यो।
अर्जुन पढाइमा अब्बल तर जिद्दी स्वभावको थियो । ऊ हरेक कुरामा अगाडि आउँने हुनाले घरपरिवारले गर्व महशुस गर्थें । कृष्ण आफू कमजोर भएकाले उसले कहिल्यै घमन्ड गरेन।
समय बित्दै गयो, उमा र ताराले विगतलाई कोट्याए। ताराले भनी, ” मैले कृष्णले कहिल्यै गरिखाला जस्तो लागेको थिएन तर अहिले उसको प्रगती देखेर खिन्नता बोध हुन्छ ।” उसले मिश्रित भावमा भनी उमा, “अर्जुन साह्रै राम्रो थियो पढाइमा, किन बिचैमा छाडेछ ? पढेको भए घर, समाज र देशकै लागि योग्य भएर निस्कन्थ्यो । सम्झाइनस् ।” उसले सान्त्वना दिई।
“के गरिन होला ? पहिला चलाख थियो, सबैले मत्याए, अहिले कुलतमा फस्यो ।” तारा सम्झिएर विरक्तिई
पहिला आँफूले गरेका व्यवहार, छोराको चालचलन र कृष्णको बानी दाँज्दै उसको फेरि गुनगान गाउन थाली।
उमा, ” जान्नु मात्र सबै कुरा होइन, जीवनको लक्ष्य प्राप्त गर्न धैर्य, लगाव र निरन्तरताको आवश्यक हुन्छ ।” उसले आत्मविश्वासले भनी।





