कल्पना पौडेल “जिज्ञासु”
खजुरा बाँके
“ध्रुमपान त्याग्न म मानसिक र भावनात्मक रुपमा तयार छैन” लगातार खोकी र खकारमा रगत देखिएपछि अस्पातल पुगेकी सुन्तलीले डाक्टर सँग भन्दै थिईन्।
बिरामीलाई चेकअपको लागि कोठा भित्र बोलाएर खकार, रगत लगायत एक्सरे जाँचका प्रकृया पुरा गरिसके पछि डाक्टरले भने, “तपाईँको रिपोर्ट नआउन्जेल ऊ त्यो कुर्सीमा बस्नुस्” सुन्तलीलाई बाहिर बस्न अनुरोध गर्दै अर्को बिरामीलाई भित्र बोलाए।
“शरीरको रक्षा संयन्त्र र उपचार क्षमतालाई असर मात्र होइन यसले हृदय रोग र फोक्सोको क्यान्सर हुने सम्भावना अधिक हुन्छ।” डा अशोकले चेक गर्ने बेलामा भनेको सम्झिदै थिईन् सुन्तली! नर्सले रिपोर्ट दिँदै डाक्टरलाई भेट्ने सल्लाह दिइन्।
“नराम्रो काम लुकेर गरेको परिणाम” आँखाबाट पोखियो डाक्टरको क्याविन बाट निस्केर उनी थचक्क बसिन्।
अस्पतालको हल बिरामीले खचाखच थियो। सुन्तलीले सबैको ध्यान आफु तर्फ खिच्दै भनिन्, “ध्रुमपानले शारिरिक तथा मानसिक स्वास्थ्यमा निकै हानी पुर्याउँदो रहेछ ।” यसलाई आजै बाट त्याग्नको लागि दृढ संकल्प गरौँ।
लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…
विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…
शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…
इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…