Categories: कविता

“काेइली”

सरिता पराजुली
चन्द्रागिरि -१५,काठमाडाैं

बिहानीकाे मिर्मिरेमा काेइलीकाे गीत
गीतसँगै रम्याे मन बस्याे माया प्रीत
उज्यालाेले धर्तीलाई अङ्कमाल गर्याे
अन्धकार आफैँ हटी पर पर सर्याे।

गुँडबाट काेइलीकाे मिठाे मिठाे धून
आकासमा बाँकी थिए अझै तारा जून
शिशिरले उजाडेकाे मेराे वन पाखा
काेइलीकाे धूनसँगै जुर्मुरायाे आहा!

ऋतुराज वसन्तकाे थियाे ढलिमली
बृक्षका ती हाँगाभरि पालुवा मञ्जरी
भीर पाखा गुराँसकाे आफ्नै थियाे कथा
वैभवशाली प्रकृतिकाे अगम छ जेथा।

काेइलीकाे मिठाे बाेली बासुरीकाे धून
त्यस्ताे मन कसकाे हाेला सक्दैनन् यी छुन?
साना साना गुँडबाट कुहूँ कुहूँ गर्दै
गीत गाउँछे सानी चरी मन सबकाे हर्दै ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

44 minutes ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 hour ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 hour ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago