फेसबुक कवि
भटभटे भटभटे आयो लाै,
भटटट गरेर सोलिङ ढुङ्गामा,
हटहट गरेर ।
नानी बसिन् अगाडि,
म त बसें पछाडि ।
ममी चालक बिचमा,
टीं टीं बाख्रा लघारी ।
उचादल्छ कहिले,
पछार्दछ कहिले ।
भटट गरी गुड्छ,
डरै लाग्छ जहिले ।
घाँस दिंदा खाँदैन
पेट्रोल नभै जाँदैन
साथी यो खटखटे
सडक नभै जाँदैन ।
दोलखा ।
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…