Categories: कविता

“नजीक को तीर्थ हेला”

कृष्णशरण उपाध्याय पौडेल

छन्द : शार्दूलविक्रीडित

टाढा बाट म हेर्दथें हिमचुली, लाग्थ्यो कुनै स्वर्ग हो
टल्केको हिउँ लाग्दथ्यो अवनि को, मानौँ कुनै भर्ग हो
त्यो उत्तुङ्ग हिमाल मा जब पुगेँ, वैकुण्ठ देखेँ तल
खोला ताल निकुञ्ज फूल फल का,भण्डार छन् केवल।

टाढा बज्दछ ढोल किन्तु जहिल्यै, मानिन्छ मीठो लय
टाढा को जुन तीर्थ होस् न पहिल्यै, ठानिन्छ धर्मोदय
हेला हुन्छ नजीक तीर्थ – जल नै, पक्का भए तापनि
वास्ता हुन्न समीप धाम – धन नै, सच्चा भए तापनि।

चाँदी झैँ छ हिमाल टल्किरहने, हो देश को गौरव
हीरा झैँ छ हिमाल झल्किरहने, हो देश को वैभव
खाने उत्तम खाद्य वस्तु हिउँ मा, पाइन्न खाऔँ भने
हुन्नन् धान उवा मकै गहुँ चना, खोजेर ल्याऔँ भने।

मैले आकृति चिन्न जानु छ उहीँ, मेरै हिमाली धरा
मैले संस्कृति बुझ्न चुम्नु छ उनै, लालीगुराँसे गरा
चाहिन्छन् तन धान्न मा जति कुरा,पाइन्न त्यो ठाउँ मा
भन्छन् मानिस खाद्य पेय नहुँदा,आइन्न यो ठाउँ मा।

खाई बाँच्न कहाँ सकिन्छ हिउँ का,डल्ला बनाई त्यहाँ ?
उस्तै बाँच्न कहाँ सकिन्छ जिउ मा,भुल्ला लगाई त्यहाँ ?
हुन्नन् जङ्गल घाँस पात हरिया, खाएर बाँचौँ भने
हुन्नन् ती फलफूल दाल दलिया, यो प्राण धानौँ भने।

खाने वस्तु लिई अनेक थरि का, चुम्नैछ मैले चुली
प्यूँने वस्तु पिई अनेक थरि का, घुम्नैछ मैले खु ली
न्याना वस्त्र भिरेर डम्म जिउ मा, घुम्दा त्यहाँ स्वर्ग छ
मिल्ने मित्र लिएर मस्त सँग मा, झुम्दा त्यहाँ स्वर्ग छ।

सारथि बाल पत्रिका

Recent Posts

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

22 hours ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

23 hours ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

2 days ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

2 days ago

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

3 days ago