Categories: बाल कथा

पुतलीको बिहे

कोषवल्लभ रेग्मी
देउमाई न पा ७ इलाम

आज पुतली सधैं भन्दा चाँडै उठी। ऊ सरासर भान्सामा गई र आमालाई भनी-“आमा मेरो बेउली खोइ?”
“ऐले किन चाहियो ? ऊ त्यहाँ राखिदिएकी छु लैजा।”-आमाले खोपीमा राखेको पुतली देखाइदिनु भयो।
“आज के आमा यसको बिहे गर्ने !”-ऊ कपडाको टालोबाट बनेको बेउली बोकेर उफ्रदै बाहिर दौडिई। उसले के सोची कुन्नि दगुर्दै पल्लो,माथ्लो ,तल्लो घरहरु चहारी र आफू समकालीन दौँतरी भेला गरि।
“मसँग बेउली छ। एउटा बेउला ब’ना त बले !”-उसले बेउलीको साडी मिलाउँदै साथीलाई भनी।
बले र अरु मिलेर बेउला बनाए तर पुतलीको चित्त बुझेन । ऊ फेरि दौडेर आफ्नै आमासँग आई-“आमा बेउला पनि बनाई दिनु न। बलेले जानेन।”
“यसले पनि केके गर्नु पर्या होला!”-आमा झर्केर बोल्नुभयो।
“नाई के बनाई दिनु न!”-ऊ रुन थाली।
बालकको हठदेखि भगवान् काबु हुन्छन् भन्छन्। पुतलीको जिद्दीको सामु आमाको केही लागेन। आमाले जानिनजानी टालाहरुको मिश्रणबाट बेउलाको रुप बानाएर पुतलीलाई दिनुभयो।
“आहा!अब बिहे हुन्छ !”-ऊ रमाउँदै गई र बेउलालाई बेउलीको नजिकै बसाली। बलेले नरहिंगा बजाएझैं-“थुरी थु….!”पार्यो। सेती , गोफ्ले र अरु साथीहरूले बाजा बजाएझैँ गरे। पुतलीले केके मुख चलाउँदै माटोको टीका बनाएर बेउला,बेउलीलाई लगाई दिई। भोगटेको पातमा माटोबाटै बनेको खाना पस्केर बेउला,बेउली र सबैले मिलेर खाए जस्तो गरे। अनि उनीहरूले बेउला र बेउलीलाई एउटै ओछ्यान बनाएर सुताए। लाग्छ आज एउटा बिहेनै सम्पन्न भयो।
उसलाई फेरि के मन आयो, दौडेर आमा भए ठाउँमा पुगी र-“आमा आमा ! बलेसँग मेरो पनि बिहे गरिदिनु न हुन्न आमा ?”-भन्दै कपाल कन्याउन थाली।
पुतलीले यसो भन्दै गर्दा बले पनि उसको नजिकै उभिएर मुसुमुसु हाँसिरहेको थियो।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

21 hours ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

22 hours ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

2 days ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

2 days ago

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

3 days ago