शान्ता तिम्सिना
भक्तपुर ,सिर्जनानगर
उसको आँगनमा एउटा कार टक्क रोकियो। उसको नजर कारतिरै अडिरह्यो। “को होलान् त ?” अनुमान गर्दै थियो। बा र भाइ सँगसँगै ओर्लिए। ऊ चकित भयो। मनमनै सोच्यो, ” बा ५ वर्षदेखि आश्रममा थिए अनि भाइ हराएको १० वर्ष भएको थियो।”
“नमस्कार दाइ !” भाइले छेउमा आएर भन्यो।
ऊ झसङ्ग भयो। सोध्यो , “तँ जिउँदै थिइस् ?”
“किन मर्थेँ त ? तपाईँको तुच्छ र घृणित ब्यबहारले मलाई बाँचेर केही गर्ने हिम्मत बढायो ।” उसले गर्व गर्दै भन्यो। “बालाई कसरी भेटिस् ? ” उसले सोध्यो।
“भगवानको कृपा , म त्यही आश्रममा भान्से थिएँ ।” उसले उत्तर दियो।
“यत्रो बर्ष पछि के सम्झेर आइस् ? अंश खोज्न आको ?” उसले शंका व्यक्त गर्यो।
” हैन ! हजुर बिरामीले थला पर्नु भयो रे ! सम्पत्ति सबै उपचारमा सकियो रे ! हजुरको दु:ख सुनेर सहयोग गर्न आएँ।”
कुरा गर्दा गर्दै एउटा भारी बोकेको ट्रक आएर रोकियो । ऊ उठ्न सकेन । “कसको ट्रक ? किन आयो ?” केरकार गर्न भाइलाई भन्यो।
उसले हाँस्दै भन्यो, ” यो मेरै ट्रक हो , दाइ ! तपाईँको लागि राहत बोकेर आएको !”
“यतिका सम्पत्ति ? आश्रमको भान्से भएर कमाइस् त ! ” आँखाभरि आँसु पार्दै उसले सोध्यो।
“बुबाको आशीर्वादले आज म आश्रमको भान्से होइन , सञ्चालक भएको छु , दाइ ।”
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…