Categories: बाल कथा

आशीर्वाद

शान्ता तिम्सिना
भक्तपुर ,सिर्जनानगर

उसको आँगनमा एउटा कार टक्क रोकियो। उसको नजर कारतिरै अडिरह्यो। “को होलान् त ?” अनुमान गर्दै थियो। बा र भाइ सँगसँगै ओर्लिए। ऊ चकित भयो। मनमनै सोच्यो, ” बा ५ वर्षदेखि आश्रममा थिए अनि भाइ हराएको १० वर्ष भएको थियो।”
“नमस्कार दाइ !” भाइले छेउमा आएर भन्यो।
ऊ झसङ्ग भयो। सोध्यो , “तँ जिउँदै थिइस् ?”
“किन मर्थेँ त ? तपाईँको तुच्छ र घृणित ब्यबहारले मलाई बाँचेर केही गर्ने हिम्मत बढायो ।” उसले गर्व गर्दै भन्यो। “बालाई कसरी भेटिस् ? ” उसले सोध्यो।
“भगवानको कृपा , म त्यही आश्रममा भान्से थिएँ ।” उसले उत्तर दियो।
“यत्रो बर्ष पछि के सम्झेर आइस् ? अंश खोज्न आको ?” उसले शंका व्यक्त गर्यो।
” हैन ! हजुर बिरामीले थला पर्नु भयो रे ! सम्पत्ति सबै उपचारमा सकियो रे ! हजुरको दु:ख सुनेर सहयोग गर्न आएँ।”
कुरा गर्दा गर्दै एउटा भारी बोकेको ट्रक आएर रोकियो । ऊ उठ्न सकेन । “कसको ट्रक ? किन आयो ?” केरकार गर्न भाइलाई भन्यो।
उसले हाँस्दै भन्यो, ” यो मेरै ट्रक हो , दाइ ! तपाईँको लागि राहत बोकेर आएको !”
“यतिका सम्पत्ति ? आश्रमको भान्से भएर कमाइस् त ! ” आँखाभरि आँसु पार्दै उसले सोध्यो।
“बुबाको आशीर्वादले आज म आश्रमको भान्से होइन , सञ्चालक भएको छु , दाइ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

21 hours ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

22 hours ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

2 days ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

2 days ago

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

3 days ago