महेन्द्र न्यौपाने
लोकन्थली,भक्तपुर
“एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे।
“यो दण्डहीनताको उपज हो,” एआईले सटिक जवाफ दियो।
पत्रकारले विमानस्थलमा काँधमा झोला भिरेको एक युवकको तस्बिर देखाउँदै सोधे, “ती युवक त्यहाँ किन झोक्राइरहेका छन्?”
“बिछोडको पीडा सङ्गै उनको रोजगारीको अनिश्चितता झल्कन्छ।” एआईले सीधा जवाफ दियो।
“अनि, न्यायालयको ढोकामा बसेर एउटी आमा किन रोइरहेकी छन् नि?” पत्रकारले अर्को प्रश्न सोधे।
“उनको छोरी बेचिएकी छन्।” एआईले पनि फटाफट उत्तर दियो।
“हातमा रित्ता थैला बोकेको किसानको आँखामा आँसु देख्दै हुनुहुन्छ?” पत्रकारको अर्को कडा प्रश्न थियो।एआईले भन्यो, “यो गैरजिम्मेवारीको नतिजा हो।”
“अब यी सबैको जिम्मा तपाईंलाई दिऊँ?” पत्रकारले मुस्कुराउँदै एआईलाई सोधे।
“हामीले यसमा हात हाल्न मिल्दैन,” एआईले अस्वीकार गर्यो।
“किन?” आश्चर्य मान्दै पत्रकारले जिज्ञासा राखे।
“यहाँ बनेका नियमहरूमा असङ्ख्य छिद्र छन्।” एआईले संक्षिप्त जवाफ दियो।
“उसो भए के गर्नुपर्ला?”
“ती छिद्रहरू टाल्नुपर्छ,” एआईले भन्यो।
पत्रकारले मुस्कुराउँदै अर्को प्रश्न गरे, “के ती छिद्र टाल्न सक्छौ?”
“एउटा बाहेक सबै टाल्न सक्छु,” एआईको आवाजमा आत्मविश्वास सुनियो।
“कुन छिद्र?” पत्रकार झस्किए।
एआईले बतायो, “राजनीतिक स्वार्थ।”
मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…
रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…
रञ्जुश्री पराजुली नाम त उसको मनोज हो तर घरमा सबै मायाले "लुरे " भनेर बोलाउँछन्…