Categories: विविध

बालमनाेवादः- विद्यालयमा सरले गाली गरेको दिन

विष्णु भण्डारी

 स्थानः पढ्ने कोठा, मितिः २०७३ साल साउन १८ गते, समयः साँझको ७ बजे, पात्रः वेवेक (टेबुलमा किताबहरु केही छरिएका केही खात लाएर राखिएको छ । ढोका बन्द छ झ्याल खुल्ला । झ्यालबाट सिरर गर्दै अलिअलि हावा छिरीरहेको छ, कोठाभित्र विवेक टेबुलकै छेउको कुर्सीमा बसेर एकोहोरिरहेको छ । बिवेक कक्षा आठमा पढ्ने केटा हो । ऊ सधैं विद्यालय जान्छ त्यैपनि उसले अनेक कारणले सरहरुबाट पटक पटक गाली खाने गर्छ । आज पनि विवेकले सरबाट गाली पाएकोले उसको मनमा अत्यन्त वितृष्णा जागेको छ । ऊ मनमै कुरा गर्छ) ( मन खिन्न पार्दै )

आज पनि मलाई सन्ताेष सरले नराम्रो सँग गाली गर्नुभयो । घरबाट त समयमा नै हिडेको थिएँ नि । तर बाटामा जाँदाजाँदै साइकल विग्रीयो र डोर्याउँदै स्कूल पुग्नुपर्याे । प्रार्थना सकिओरी सर कक्षामै पसिसक्नु भएछ डराउँदै क्लासमा गएँ । सरले त गाली गरिहाल्नु भयो । भित्र जाने अनुमति मात्रै के मागेको थिएँ । साले गधा, भाते, चोर यही हो तेरो स्कूल आउँने समय ? तँलाई समयको ख्याल छैन हैन त भन्दै एकछिन त भित्रै पस्न नदिई बाहिरै उभ्याउँनु भयो । यो कारणले ढिलाई भयो भनी सफाई दिने मौकै पो दिनुभएन । ढिलाे आउनाकाे कारण भन्दै थिएँ । चुपलाग भाते गधा धेर स्वाङ पार्छस् भन्नुभयो । दिनभरी नै मलाई कस्तो ग्लानी भयो । दिनभरीको पढाई पनि दिमागमा गएन । अस्ति नै पनि एकदिन सुवोध सरले त्यसरी नै अनाहकमा गाली गर्नुभयो । त्यो दिन त पिटाई पनि खाइयो । साथीको किताब मैले लुकाइदिएको भन्ने आरोप लाएर पिट्नुभयो । मैले हैन भन्दा भन्दै तैँले नै फटाई गरेको होस अझ ठूलो स्वरले कराउँछस भन्दै गाली गर्दै पिट्दा मलाई त कति दुःख लाग्यो भने । आखिर किताब सन्देसले लगेर लुकाएको रहेछ पिटाई र गाली मैले खाएँ । एउटाले गल्ती गरेको अर्कोलाई सजाय दिइयो भनेर सुवोध सरले रियलाइज सम्म गर्नुभएको भए मलाई त्यति साह्रो दुख्नेथिएन । चुटाइकाे शारीरिक पिँडासँगै मन पनि दुख्याे बेस्सरी । त्यो दिन मेरो दिमागमा एकप्रकारको तुवालो भरिएसरह भएको थियो । त्यसको भोलीपल्ट मलाई स्कूल जान मन पनि लागेन । पढ्न, साथीहरुसँग बोल्न पनि मन लागेन । सबै साथीहरु खेल्न गए, आफू त कतै नगई घरैमा बसीरहेँ । सन्ताेष सरले आज नमिठा शब्दहरु प्रयोग गर्दै गाली गर्नुभयो । कमसेकम मलाई मेरो गल्तीको कारण भन्ने मौका दिनुभएको भएपनि त हुन्थ्यो । मैले त्यस्तो विघ्न गर्न नहुने के काम विगारेको थिएँ र ? हुनत नचाहिने काम कुरा गरेर हिड्ने फटाहहरुको जमात पनि हाम्रो स्कूलमा कहाँ कम छ र । कोही स्कूलै नआई गाँजाको अम्मलमा दिनभर लठ्ठ भएर बाँसझ्याङ र झाडि हुँदो बस्छन् । कोही वा–आमा र गुरुको आँखा छली स्कूल टाइममा क्यारामवोर्ड, तास खेलेर समय वर्वाद पारिराख्या हुँन्छन् । कोही अर्काको धनमाल चोर्न बाँकी नराख्ने छन् । भने सम्मका फटाहाहरु नभएका होइनन् । त्यस्ताको भविष्य पछि कस्तो होला? तर अरु फटाहा भए भन्दैमा म जस्तो निर्दोष विद्यार्थीलाई गाली गर्ने नानाथरीका सजाय दिने त नगर्नुभा हुने नि । म जस्तो निर्दोष विद्यार्थीले विनाकारण पटक पटक किन सजाय पाउछु खै ! आज मेरो दिमाग बोर भइरहेछ । अब कसरी गृहकार्य गर्ने । अनि भोली के लिएर विद्यालय जाने त्यहाँ गएर फेरि गाली खाएर आउने ? अब भोली विद्यालय गईदैन जस्तो छ । बिनाकारण विद्यार्थीलाई त्यस्तो सजाय दिएको हेर त कस्तो । साथीहरुको अगाडि मेरो कति बेइज्जत भयो ? सबैजना हाँसेर कोठै थर्काए । आजलाई छुट दिएँ भोलीदेखि त्यसो नगर्नु भनेको भए हुन्थेन । एकमन त सोच्छु पढ्नै छोडुँ कि भन्ने तर फेरि पढ्न छोड्यो भने आफैलाई घाटा हुन्छ । अहिले लेखपढ गर्ने उमेरमा पढिएन भने पछि कहाँ पढिन्छ । अनि नपढिकन पछि कसरी इलम गरी खाने ,भविष्यमा दुःख पाइन्छ । हत्तेरीका काँ पढ्नै छोड्ने कुरा सोचेको मैले पनि । पढ्न छोडिहाल्न चाहिँ ठिक हुँदैन क्यार तर ……… । कि अर्कै विद्यालयमा पढौं कि जस्तो पनि लाग्छ । आ……अब अहिले कक्षा ८ को परीक्षा त सकियोस अनि सोच्नुपर्ला । (यतिकैमा विवकेलाई उसकी आमाले भात खान बोलाउँनुहुन्छ । ऊ भात खान जान्छ ।

सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

55 minutes ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 hour ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago