Categories: कविता

“नयाँसालको शुभकामना”

अनन्तकुमार बस्नेत

(भुजङ्गप्रयात)

उनासी गयो यो धराधाम छोडी ।
सबै साथ आत्मीय सम्बन्ध तोडी ।।
नयाँ सूर्य उत्साहले झल्मलाओस् ।
असीसाल सद्भाव बोकेर आओस् ।१।

यहाँ वृक्षमा पर्ण नौला पलाए ।
सयौँ दीप सञ्चेतनाको जलाए ।।
छरी चाँदनी चन्द्रमा जग्मगाओस् ।
असीसाल उल्लास बोकेर आओस् ।२।

हुरी हुण्डरी चैत्रको दूर भाग्यो ।
भरी आश वैशाखको घाम लाग्यो ।।
सदा शैल आनन्दले मुस्कुराओस् ।
असीसाल सौहार्द्य बोकेर आओस् ।३।

प्रभा छर्न थाले लता मञ्जरीले ।
खुसी थप्न लागे बुटा वल्लरीले ।।
बलात्कार हिंसा डकैती घटाओस् ।
असीसाल वैदूर्य बोकेर आओस् ।४।

लियो भोट मात्रै यहाँ सत्तरीले ।
दियो चोट मात्रै झनै सत्तरीले ।।
खलो खर्कमा हर्क सर्वत्र छाओस् ।
असीसाल सानन्द बोकेर आओस् ।५।

निराशा बढेको छ मान्छेहरूमा ।
सँधै दाउ खाने छ भान्सेहरूमा ।।
नयाँ वर्षले दिव्य आशा जगाओस् ।
असीसाल प्रोल्लास बोकेर आओस् ।६।

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

4 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

4 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago