नन्दलालआचार्य
“म गोरे तँ काले होस् ।” अनायास दीपकले ठूलो मुख बायो ।
मेरो मनमा ढ्याङ्ग्रो बज्न थाल्यो । आफ्नोतर्फबाट हुने त्रुटिपूर्ण काम सम्झिएँ । दीपकसँग गरिएको सहकार्य खोटरहित पाएँ ।
“लेख्ने हात तेरो कुरा मेरो !” उसको अल्प वाक्यले मगज रन्थनायो ।
“प्रष्ट भन्; मेरो मन नगिजोल् ।” मैले पनि मनको ऊहापोह घोप्ट्याएँ ।
यस पटक भने खुलस्त पार्यो; “म समाजबाट साहित्यको कखरा चाेर्छु । तँ मेरो लेखनीको रानो चोर्छस् ।”
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…
कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…