Categories: कविता

“नयाँ नाना”


प्रह्लाद दवाडी
सिक्किम

बाबा घरमा छैनन्
पक्कै बजार गए,
नयाँ नाना ल्याउँछन्
गोजीमा पैसा भए,
नयाँ नाना लाएर
परि दिन्छु चिटिक्क,
छेउमै नाँची दिएर
हाँसी दिन्छु हिसिक्क।
हि हि हि ………

आमा हेरी रहन्छिन्
पुतलीको नयाँ रङ्ग
बाबा पनि पर्छन्
मलाई हेर्दै दङ्ग।
भुइँ सोरी गरेर
ढोग गरि दिन्छु,
बाबा हुन्छन् झसङ्ग,
हाँस्छन् सबै मसँग।
हा हा हा ……….

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

8 hours ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

8 hours ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

8 hours ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

1 day ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

1 day ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

1 day ago