“खुशीको रजस्वला”


प्रह्लाद दवाडी,
लिङ्गमो पेप्थाङ, दक्षिण सिक्किम

भान्सा घरको भण्डार कोठामा खुशी डरले रोइरहेकी थिई। आमा अचानक भित्र पसिन। “किन भण्डारमा बसेर रोएकी?”  छोरी के भयो ?  “आमा पेट दुख्यो”  “खोई हेरुँ त।” ला, तँलाई त रजस्वला भएछ। रगत लागी रहेछ। अब भण्डार पनि बिटुलो भयो। तैँले बाउ आमा, माइतीलाई मुख देखाउनु हुँदैन। छुनु हुँदैन। पानी बार्नु पर्छ। जा गाईको खोल्मामा गएर बस। म खाना, लुगाफाटा उतै पठाई दिन्छु।” “अबुई, डर लाग्छ नी। मेरो माया लाग्दैन? कस्तो निस्ठुरी ?” “चुप लागेर जा, अहिले छिमेकी र समाजले कुरा काट्छन्। बाबु त पण्डित मान्छे, यजमान रिसाउँछन् , समाजले काड्छन् नी।” आमा खाना लिएर गाई गोठमा छोरी खोज्दै गइन्। कतै न भेट्दा डराउँदै पतिदेवलाई डाकिन्। श्रीमान् न बोली तारमा कपडा सुकाउँदै गरेको देखिन। कहिल्यै आफ्नो लुगा न धुने मान्छेले आज लुगा धोएको उनलाई आश्चर्य लाग्यो। उनले सोधिन्, “हन किन रिसानी भयो पतिदेव ?” “तिमीले छोरीलाई गाईको गोठमा पठाए छौ अनि। ” “रजस्वला भैछे अन्त।” “के अपराध गरी त?” बुढाले झोँक्किएर कराए।  “गाई गोठमा छोरी छैन त, कहाँ पठाउनु भयो?” “मैले उसलाई उसकै कोठामा पठाई दिएँ।” “समाजले के भन्ला? नाक काट्ला नी?” “हेर्छु, कसले कसरी काड्छन्?” “अनि यो लुगा किन धुनु भएको? ” “यस्तो बेलामा सफा कपडा र लुगा लगाउन दिनु पर्छ। राम्रो खान दिनु पर्छ। बजारको प्याडले स्वास्थ सँगै पर्यावरण पनि बिगार्छ।” “अनि किन कहिल्यै आफ्नो लुगा न धुनेले आज छोरीको लुगा कपडा धुनु भएको? केटा मान्छेले, त्यो पनि यो बेलाको कपडा! घिन लागेन?”  “यो त खुशीको रजस्वला हो नि। हाम्री छोरी पनि प्राकृतिक र वैज्ञानिक रूपले एक सक्षम नारी हुने सङ्केत हो। किन घिनाउनु? सुरक्षाको लागि हातमा ग्लभस् लगाएर धोई दिएँ। लु जा, कसको के लाग्छ अब? “

सारथि बाल पत्रिका

View Comments

  • Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Recent Posts

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

7 hours ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

8 hours ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

8 hours ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

1 day ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

1 day ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

1 day ago