सत्यजीत
हामी हौँ नयाँ भविष्यका दीपहरू,
उज्यालो ल्याउने जीन्दगीका रीतहरू।
नयाँ सोच, नयाँ बाटो र गन्तव्य,
अज्ञानता हटाउन दिऊ मन्तव्य।
अब श्रमको मूल्यहरु चिन्ने छौँ,
र, सत्यका पक्षमा हिड्नेछौँ।
गुनासो होइन, परिवर्तन चाहिन्छ,
नयाँ बिहानी त्यतिकै कहाँ आउँछ।
अब भेदभावका पर्खाल ढाल्छन्,
तब नयाँ सपनाका फूल बुल्छन्।
हाम्रै हो संसार, हाम्रो भविष्य,
नअडिन्छ, उठ्छ अडिग भव्य!
हामी नानीहरू होइनौँ कमजोर,
सपनाहरू छन् हामीसँग अपार।
परिश्रम, बुद्धि र प्रेम छ अपार,
रच्नेछौँ अब नयाँ र सुन्दर संसार!
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…