शुक्रराज कुँवर
बलभद्रपथ , धरान १०

” मूल्य लघुकथासङ्ग्रहले तपाईँलाई चर्चाको शिखरमा पुर्यायो नि , के छ यसको रहस्य ? ” पत्रकारले सोधे ।
” यो मेरो दु:खको भोगाइ हो र पाठकले यसमा आफनै दुःख देखे होलान् , यसैले होला ।” साहित्यकार राजविक्रमले भने ।
” त्यसो त तपाईँ पहिले पनि नाम चलकै साहित्यकार हो । पछि सडकमै पुग्नु भयो । तपाईँलाई पाठक लगायत अरु साहित्यकारहरुले दम्भी उपनाम दिएका थिए । के तपाईँ दम्भ र सुखले मात्तिनु भएको थियो ?” पत्रकारले लामै प्रश्न गरे ।
” हो ! तपाईँले ठिक सुन्नुभयो ।” साहित्यकारले भन्दैगए – ” एउटा सफलताले म मात्तिएको थिएँ । चरम सुखानुभूति गर्दै थिएँ जस्ले मलाई दम्भी बनायो । पाठक र साथीभाइहरु टाढा हुँदै गए र अन्तमा सडकमै पुगेँ ।”
” अनि फेरि कसरी उठ्न सफल हुनुभयो त ? पत्रकारले जिज्ञासा राखे ।
” बुढापाकाहरु भन्ने गर्थे , सुखमा नमात्तिनु दुःखमा नआत्तिनु । सुखमा त ,म मात्तिएकै थिएँ तर दु:खमा म आत्तिइन । हिड्ने मान्छे लड्छन् भन्छन् नि , हो त्यस्तै म लडेको थिएँ र उठ्ने प्रयास गरेँ । दु:खले मलाई सबक सिकायो ।” साहित्यकार भावुक बने ।
” के सबक सिकायो त ? ल ठ्याक्क भन्नुस् ।” पत्रकार झनै उत्सुक भए ।
” यत्ति कि ! दुःखमा नै सुखको मूल्य थाहा हुँदो रहेछ ।” साहित्यकारले भने ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

20 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

20 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago