सीता रेग्मी
सुन्दरहरैचा, मोरङ
दुईवटा छुट्टा छुट्टै खोरमा राखिएका कुखुराका चल्लाहरु चीँ चीँ गरिरहेका थिए। हजुरआमाले साना चल्ला भएको खोरको ढोका खोलिदिनुभयो। तँछाड मछाड गर्दै सबै चल्लाहरु बाहिर निस्किए। हतारिएर चारो पानीसँग रमाउन थाले।हजुरआमाले अर्को खोरको ढोका खोलेर चारो पानी भित्रै राखिदिनुभो। मलाई अचम्म लाग्यो हजुरआमाले किन चल्लाहरुबीच पक्षपातपूर्ण व्यवहार गर्नुभयो भनेर। अनि सोधिहालेँ,”हजुरआमा किन यी ठूला चल्लालाई चाहिँ नछोड्नुभएको?”
हजुरआमाले सहज उत्तर दिनुभयो,”यी ठूला विकासे चल्लालाई ती साना रैथाने चल्लाले ढुँगेर मारीहाल्छन् नि!”
हजुरआमाको उत्तरले मलाई चल्ला र हामीबीच तुलना गर्न मन लाग्यो। “हाम्रोमा विकासेले परपरैबाट सबै रैथानेलाई आफ्नो ईसारामा नचाईरहेको अवस्थामा कुखुराको आत्मनिर्भरताप्रति गर्व लाग्यो मलाई।”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…