सीता रेग्मी
सुन्दरहरैचा, मोरङ
दुईवटा छुट्टा छुट्टै खोरमा राखिएका कुखुराका चल्लाहरु चीँ चीँ गरिरहेका थिए। हजुरआमाले साना चल्ला भएको खोरको ढोका खोलिदिनुभयो। तँछाड मछाड गर्दै सबै चल्लाहरु बाहिर निस्किए। हतारिएर चारो पानीसँग रमाउन थाले।हजुरआमाले अर्को खोरको ढोका खोलेर चारो पानी भित्रै राखिदिनुभो। मलाई अचम्म लाग्यो हजुरआमाले किन चल्लाहरुबीच पक्षपातपूर्ण व्यवहार गर्नुभयो भनेर। अनि सोधिहालेँ,”हजुरआमा किन यी ठूला चल्लालाई चाहिँ नछोड्नुभएको?”
हजुरआमाले सहज उत्तर दिनुभयो,”यी ठूला विकासे चल्लालाई ती साना रैथाने चल्लाले ढुँगेर मारीहाल्छन् नि!”
हजुरआमाको उत्तरले मलाई चल्ला र हामीबीच तुलना गर्न मन लाग्यो। “हाम्रोमा विकासेले परपरैबाट सबै रैथानेलाई आफ्नो ईसारामा नचाईरहेको अवस्थामा कुखुराको आत्मनिर्भरताप्रति गर्व लाग्यो मलाई।”
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…