घनश्याम रेग्मी
नयाँ वर्षमा फूल यी मुस्कुराऊन्
नयाँ हर्षमा चन्द्रमा चम्चमाऊन्
सबै रोग बाधा हटी देश स्वस्थ्य
पुराना भए घाउ खाटा पलाऊन् ।
नयाँ वर्षमा आस नौला पलाऊन्
नयाँ वर्षले अन्न धेरै फलाऊन्
हवस् सौम्य धर्ती परी ठिक्क पानी
फुली फल्न सक्ने बनोस् जिन्दगानी ।
लथालिङ्ग पार्टी सबै बन्द होऊन्
नयाँ सोच उत्साह नौला जगाऊन्
भएका पुराना खिया फाल जम्मै
खिया मुक्त लाग्ने बनून् लौ अचम्मै ।
नयाँ वर्षमा सोच चिन्ता नयाँ होस्
नयाँ वर्षमा पर्स भित्ता नयाँ होस्
उज्यालो बढोस् जिन्दगीमा समस्त
खुसी साथ लाएर फर्कोस् वसन्त ।
नयाँ वर्ष हाम्रो बनोस् निर्विकार
नयाँ वर्षमा आय होस् लौ सुधार
उचा ज्ञान शिक्षा सबै बन्धु साथ
नयाँ वर्ष आओस् लिई सुप्रभात ।
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…