Categories: कविता

“नयाँ वर्ष आयो”

अनन्तकुमार बस्नेत

छन्द: भुजङ्गप्रयात

पुरानो गयो वर्ष पारी निराश
नयाँ झुल्किए घाम बोकी विभास
थपी नव्य ऊर्जा जगत् जग्मगायो
घुमी एक फन्को नयाँवर्ष आयो ।१।

बनी बेहुली रङ्गिए भीर पाखा
झिके कोइलीले मीठो एक भाका
धराधाम वैशाखमा सल्बलायो
चुमी शैलमाथा नयाँवर्ष आयो ।२।

दियो एक चैतन्यको बाल्नलाई
र पर्खाल अन्यायका ढाल्नलाई
सबेरै उषामा स्वयम् मुस्कुरायो
भलो गर्नलाई नयाँवर्ष आयो ।३।

यहाँ देश देखिन्छ नैराश्य लाग्दो
छ चौतर्फको हाल अत्यास लाग्दो
उषा देखिँदा झल्ल उत्साह छायो
जगाएर आशा नयाँवर्ष आयो ।४।

कुनै छन् खराबी भने रोक्नलाई
तथा भ्रष्ट जाली सबै ठोक्नलाई
बनी न्यायको पुञ्ज मानौँ उदायो
लिई एक राँको नयाँवर्ष आयो ।५।

बली धप्प यो रातको अन्ध हर्न
सबैमा नयाँ जोश प्रोल्लास भर्न
छरी चेतना चौदिशा जुर्मुरायो
बनी क्रान्तदर्शी नयाँवर्ष आयो ।६।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

14 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

14 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago