Categories: कविता

“नयाँ वर्ष आयो”

भगवती प्रसाद शर्मा

नयाँ काम थाल्ने नयाँ दृष्टिलाई।
पुराना कुरा हेर्न लायो फिराई।
हिजोआज जस्तो नहोस् भन्छ भोलि।
नयाँ वर्ष आयो नयाँ चेत खोली।।१

चरी कोइलीले नयाँ गीत गायो।
नदी स्वच्छ बग्ने भनी कुल्कुलायो।
युवा जोसिएका भए वक्ष खोली।
नयाँ वर्ष आयो छ यो डाक बोली।।२

म नेपाल बोक्ने भनी चेतनाले।
उठ्यो काम हाम्रो यही भावनाले।
दुखी हुन्न कोही छ सम्पन्न बोली।
नयाँ वर्ष आयो नयाँ जुक्ति खोली।।३

जुनी भव्य पार्ने कुरा हैन काम।
खुबी भित्र जन्मोस् सबैमा तमाम।
दिशा नव्य खोलोस् गुणी वात घोली।
नयाँ वर्ष आयो सबै विघ्न तोडी।।४

पहाडी हिमाली मधेसी सबैमा
हुने एकताले खुशी मिल्छ आमा।
दिई ज्ञान राम्रो रहोस् यो अखण्ड।
नयाँ वर्ष आयो खुलाएर दन्त।।५

सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

4 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

1 day ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

1 day ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

1 day ago