केशवराज अधिकारी
भोक लाग्यो होला
मेरो सानु रोला।
भन्दै दौडी आएँ
मिट्ठो खाना ल्याएँ।
ताते ताते आऊ
लिटो बुबु खाऊ।
न अघाए सम्म
मेरो सानु हाम्म।
चरी आयो हाहा
कति मिठो आहा।
माम खाऊ हाम्म
पेट भरी टम्म।
छुनुमुनु गर्दै
यता यता सर्दै।
वर वर आऊ
मिट्ठो छ यो खाऊ।
हा हा चरी हा हा
हाम्रो सानु आहा।
ज्यादै राम्रो बानी
हाम्म हाम्म खानी।
सानु ज्यादै ज्ञानी
तिर्खा लाए मानी।
अब यत्ती खानी
अनि घुम्न जानी।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…