Categories: कविता

नयाँ विद्यार्थीलाई स्वागत

घिमिरे दुर्गा
रनपा – १४

स्वागत छ हाम्रो साथीहरूलाई
स्वागत छ हाम्रो पाहुनाहरूलाई

हाम्रो निम्तो स्वीकार गरी आउनु हुनेहरूलाई
स्वीकार गरीआउनु हुनेहरूलाई

ज्ञान ज्योति बालेर नवीन सिप भर्नेलाई
अन्धकार सारा हटाई समाजमा दीप छर्नेलाई

पू्र्खाको देन ताजै छ टिस्टामा वीरता भरेको
नझुक्ने हाम्रो चेतना छैन है अझै मरेको

यही भूमिको माटोमा कर्मकै सीप रोप्नु छ
अवसरको खोज हामीलेअब त यहीँ छोप्नु छ

कलिला ती हातले सुनौलो भविष्य कोर्नु छ
अफ्ट्यारोसँग जुधेर चट्टान तिमीले फोर्नु छ

सपना तिम्रो सहज छ शिक्षा यहीँ नै पाइन्छ
मितेरी गाँसेर हिँड्नु छ बुद्धको सन्देश छाइन्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

6 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

6 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago