Categories: कविता

सहिद ….?

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

नेपालबाट लामाे नै सूची स्वर्गमा गएछ
सहिद सच्चा काे हाे त भनी विवाद भएछ।

सहिद दुई कित्तामा भए सक्कली नक्कली
विवाद हुँदा दुबैमा भयाे धकेला धकेली।

संयुक्त माेर्चा गठन गर्याे नक्कली टाेलीले
सक्कली माथि धाबा नै बाेल्याे नमिठाे बाेलीले।

बहुधा शक्ति उतैकाे भयाे नक्कली दलमा
सक्कली सबै दबायाे कठै मुढे त्याे बलैमा।

स्वर्गमा पनि सहिद सेवा सुविधा खाेजेर
इन्द्रको अघि बजायाे मुठी टेबुल ठाेकेर।

रूपियाँ दस लाख त हामीले नेपालमै पाएकाे
त्याे भन्दा बढी सुविधा सेवा स्वर्गमा चाहेकाे।

सूची नै हेर हे इन्द्र ! राजा सहिदहरूकाे
नेपाली भन्दा काे छ अरू सहिद भएकाे?

नेपाली हामी नेताका सच्चा सेवक हुनाले
सहिद पद पाएका हामी उनैका गुनले।

देशका लागि काे मर्याे बाँच्याे माने त्याे राख्दैनाैँ
पार्टीका लागि मरेका हामी अरू त जान्दैनाैँ।

पार्टीकै चिन्ता भएर अति जाँडले मरेका
सहिद हामी केही छाैँ यहाँ काेटामा परेका।

शासन सत्ता जाला है इन्द्र ! नादान नबन
जाकिनु पर्ला चतुरो बन्दा खाडल नखन।

फालेर राजा आएका हामी सहिद नेपाली
बस्दैनाैँ चुप यहाँ इन्द्र शासन नढाली।

दिएछ धम्की स्वर्गमा पनि नक्कली टाेलीले
डरले इन्द्र फकाए भन्छन् मसिनाे बाेलीले।

नक्कली टाेली स्वर्गमा पनि हाबी नै भएछ
सक्कली भन्छन् स्वर्गमा हाम्राे यत्तिकै रहेछ।

विवेक कैले फर्केला कुन्नि शासकहरूकाे
मर्यादा कैले हुने हाे बरै ! सहिदहरूकाे?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

14 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

15 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago