“नाग पञ्चमी”

मणि भट्टराई

हाम्रो संस्कृति
हाम्रो संस्कार
हाम्रो चाड
फैलिएको छ
हिमाल तराई
अनि पहाड।

नाग पञ्चमीआज बाट
चाड पर्वकोभयो शुरुआत
आऊ भाईआऊ बैनी
उत्साह उमङ्ले
स्वागत गरौँ एकसाथ।

जाती हामी थरिथरिका
तर छौँ एउटै आमाका
प्यारा सन्तान सरिका
चाड पर्व मनाउने पनि
छन् फरक फरक तरिका
जसरी एउटै लयमा
मीठो संगीत छर्दै
कलकल बग्छ सरिता।