Categories: बाल कथा

नातिकाे बुद्धि

विष्णु उप्रेती

नाति—” हजुरबा , अब म बिबाह गर्नु पर्याे। यसाे केटीको खाेज खबरमा लागिदिनु पर्याे है।”
हजुरबा —–“हैन,पाेहेरनै मैले अब बिबाह गर्नुपर्छ। उमेर पुग्याे। जागिर पनि सुरुभयाे ,भन्दा त ,बडा बम्केर ,आफैँ लभ गरेर ल्याईन्छ। आनिबानी बुझेका। मनका सबै कुरा थाहा पाएका। अन्तरमन देखिनै मन परापर गरेर बिवाह गरिन्छ ,भनेकाे हैन? आज फेरि के मुड आयाे ? कि पत्याएनन् कसैले ?”


नाति—–“नपत्याएकाे त काहाँ हाे र , हजुबा। याे बिचमा तीन जनासगँ प्रेम गरियाे। दुई जनाकाे सर्त सुन्दै, म आफैँ पछि सरेँ।
एउटीले घरकाे म एउटा छाेराे, बाबू आमा र हजुरबा ,भन्ने बितिकै सम्पर्क बन्दगरी। अर्कीले याे जागिर छाेडेर अमेरिका जानैपर्ने सर्त राखी। अन्तमा एउटी राम्री केटी छानेँ , उता सिन्धुली तिरकी। जात,धर्म रुप गुण शिक्षा सबै मिल्ने। सर्त पनि केही थिएन उसकाे। उसकी आमाले पनि नानी ,बाबू भन्दै चेपारे घस्न थालेकी थिई। आमा छाेरीका लागि  आठ- दश हजार खर्च पनि गरे मैले। अब चैं याे केटीकाे कुरा हजुरहरुलाई भन्छु भनेर साेच्दै थिएँ, हिजाे अचानक मेराे माेवाईलमा एउटा म्यासेज आयाे।
म्यासेजमा तेसै केटीलाई काखमा राखेर खिचेकाे फाेटाे सहित ,लेखिएकाे थियाे — याे केटी मेरी भैसकेकी छ। ज्यानको माया भए, आजैबाट सम्पर्क बन्दगरेर, अर्का बाटाे लाग।
हजुरबा —” प्रेम बिवाह गर्दा फाईदै फाईदा देख्ने केटाकाे बल्ल बुद्धि फिरेछ। अब म एक से एक रामा,कुलघरानका ,ईज्जत्दार केटीकाे कुरा गर्छु। पछि नाई भन्न,अपजस लाउन पाँईदैन नि।
नाति–” हुन्छ ,हजुरबा हुन्छ तर , दाईजो दहेज चैं केकति दिन्छन् ,त्याे पनि फेदैमा राम्रो निर्क्याेल गर्नु पर्छ है हजुरबा ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

23 minutes ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

24 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago