सुरेशकुमार पाण्डे
दाङ घोराही

छोरा बिदेश गएको छ। बुहारी र नाती मात्रैछन्। तिनीहरूलाई एतै बोलाउ सँगै पकाउँला मिलेर खाउँला !- कुसुमले आफ्नी श्रीमती मैयासँग भने।’ आज घरमा खिर पाक्दै थियो एउटा डिब्बामा नातिलाई खिर राखेका थिए। ‘बुढा ! हजूरको कुरा त ठिक हो; तर बुहारी मतिको बानी गतिलो छैन् । मुखमुख लाग्छे बोलाएर कतै बोलाईफासो नहौस् नि !-मैयाले चेताउँछिन्।’ मैया तिमीलाई पनि सबै खराब देखिन्छन् । आफु ठिकभए सबै ठिकहुन्छन् । मलाई नातिको मायाँ लाग्छ, बिचरा माटोमै खेलेको देख्छु स्यारसुसार भएको पनि देख्ददिन! – कुसुमल निरासहुँदै भन्छन्। त्यही त भनेको केही कामछैन एउटा बालखको स्यारसुसार नगर्नेले हाम्रो सेवागर्छे ?-मैयाले प्रश्न गरिन।’ दुईजनाको छलफलपछि मैयाले बुहारीलाई आफुसँग डाक्छिन् । बुहारी मती पनि खुसी हुन्छिन् । केही दिन राम्रै चल्छ। बुहारी अब हामी कति बाचौँला यस्तै तिम्रो स्यारसुसार पायौँभने अली उमेर बढ्छहोला। अब तिमी यतैबसी राख!-मतीले गरेको सेवाले प्रभाबित भएर कुसुम भन्छन्। मैले त सेवामात्रै त होला गर्ने!-मतीले निदार खुम्चाउँदै ठाड्ठाडै भनी।’ हाम्रो सेकपछि यो सम्पती तिम्रै त होनी बुहारी!-कुसुमले यताउता नियाल्दै भने।’ खै हजूरको मृत्युपछि कति दाबेदार आउँनेहुन? जिवित छँदै मेरो नाममा यो घरबार गर्दिनुहुँन्छ भने बल्ल बस्छु म त !-बुहारीले प्याच्च मुखखोली।’

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

1 hour ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

2 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago