Categories: कविता

बन्दिपुरको सम्झनाले…


रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

कुहिराको घुम्टो ओढी मान्थ्यौ तिमी लाज
बन्दिपुरको सम्झनाले सताउँदै छ आज

गुरुङ्चेको डाँडाबाट तिमीलाई देखेँ
थानीमाईमा बसी जब यौटा गीत लेखेँ
त्यै दिनदेखि बस्यौ तिमी यो मुटुको माझ
बन्दिपुरको सम्झनाले सताउँदै छ आज

सुखौरा र तिन्धाराको झारगाउँ रानीवनको
पार्चे अनि बाहुन भन्ज्याङक घुमी एक फन्को
लगाइदिने मन छ तिम्लाई शिरमा नौलो ताज
बन्दिपुरको सम्झनाले सताउँदै छ आज

बन्दिपुरझैँ छैन अर्को …
छिनमै आकाश खुल्छ अनि छिनमै पर्छ पानी
बन्दिपुरझैँ छैन अर्को सौन्दर्यको खानी

नयाँ नयाँ घर छन् तर पुराना छन् कला
दिलकुमारीको दिलझैँ मीठो संस्कृति र गला
हेर्दा चट्ट प्यारो लाग्ने आँखाक हो नानी
बन्दिपुरझैँ छैन अर्को सौन्दर्यको खानी

डम्म हुस्सु लाग्दा साँझ परेजस्त हुन्छ
प्रकृतिले अनेक लीला गरेजस्तो हुन्छ
के दिऊँ तिम्लाई नाम भन्देऊ पहाडकी रानी
बन्दिपुरझैँ छैन अर्को सौन्दर्यको खानी ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

22 hours ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

22 hours ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

22 hours ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

2 days ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

2 days ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

2 days ago