Categories: कविता

“नाम जानौँ”


बिन्दु पौड्याल वस्ती
भरतपुर -२, चितवन

तिमीले केके खाका छौ
खाँदा केके पाका छौ
नाम तिमीलाई थाहा छ ?
जान्दा धेरै काम लाग्छ।

नास्पति काट्न लाको
भित्र भिनाजु भाको
स्याउ साह्रै रसिलो
फुपाजुभित्र कसिलो।

ढाक्रे दाइ आएका
चिउरी धेरै ल्याएका
बाहिरी बोक्रो फालेको
बिजुलो भित्र हाँसेको।

आमा बजार गएर
लप्सीले झोला भरेर
बनाउनुभयो अचार
खादा जिब्रो फड्कार।

पाकेको बोक्रा निस्किन्छ
च्याम्पटि धेरै चुसिन्छ
कटहरको कोयाको
भुटेर खान सुकाको।

आरूभित्र वनस्पति
कडा हुन्छ यो अति
काफल लुईटो फाल
निल्दाआउला गाल।

घिरौँला बिजन राख
जालो राम्ररी समाल
अर्को साल नि आउँछ
बिजन घरकै लाइन्छ।

पिप्पली हुन्छ अमलामा
सुकाइ राख्यौँ डब्बामा
कपास ज्यापू निकाली
बत्ती कातेर सँगाली।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

17 hours ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

17 hours ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

18 hours ago

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार

सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…

18 hours ago

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

2 days ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

2 days ago