Categories: बाल कथा

अभियान


राजन् कार्की पाजु
धरान सुनसरी

बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका तुल‌ बोकेर चौक तिर निस्किए। कोही युनिफर्म लगाएका शिक्षक शिक्षिका,केही विद्यार्थी थिए। केहि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु तथा केहि जनप्रतिनिधि समेत सम्मिलित थिए।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको घरदैलो कार्यक्रम थियो त्यो।
आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै भर्ना गराऊँ जस्ता स्लो गान लेखिएका तुल तथा प्ले कार्ड हातमा सवै जसोले‌ बोकेका थिए।
टोलमा सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई अनिवार्य भर्ना गर्ने गराउने सम्वन्धी सानो चेतनामुलक कार्यक्रम राखिएको थियो। टोल भरिका अभिभावक भेला भएका थिए। सर,मिस तथा व्यावस्थापन समितिका पदाधिकारीहरु आफ्ना बालबच्चालाई सामुदायिक स्कुलमा भर्ना गर्न प्रेरित गरिरहेका थिए। अभिभावकहरु चुपचाप सुनिरहेका थिए, विना टिप्पणी।
“ओहो! ९ बज्न  लागि सकेछ!” घडी हेर्दै एक जना मिसले अर्की मिसको कानमा फुस्फुसाईन, ” तपाईँहरु बस्दै गर्नु ल, म बावुलाई बोर्डिङ पुर्याएर आइ हाल्छु।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

16 hours ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

16 hours ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

17 hours ago

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार

सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…

17 hours ago

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

2 days ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

2 days ago