राजन् कार्की पाजु
धरान सुनसरी
बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका तुल बोकेर चौक तिर निस्किए। कोही युनिफर्म लगाएका शिक्षक शिक्षिका,केही विद्यार्थी थिए। केहि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु तथा केहि जनप्रतिनिधि समेत सम्मिलित थिए।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको घरदैलो कार्यक्रम थियो त्यो।
आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै भर्ना गराऊँ जस्ता स्लो गान लेखिएका तुल तथा प्ले कार्ड हातमा सवै जसोले बोकेका थिए।
टोलमा सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई अनिवार्य भर्ना गर्ने गराउने सम्वन्धी सानो चेतनामुलक कार्यक्रम राखिएको थियो। टोल भरिका अभिभावक भेला भएका थिए। सर,मिस तथा व्यावस्थापन समितिका पदाधिकारीहरु आफ्ना बालबच्चालाई सामुदायिक स्कुलमा भर्ना गर्न प्रेरित गरिरहेका थिए। अभिभावकहरु चुपचाप सुनिरहेका थिए, विना टिप्पणी।
“ओहो! ९ बज्न लागि सकेछ!” घडी हेर्दै एक जना मिसले अर्की मिसको कानमा फुस्फुसाईन, ” तपाईँहरु बस्दै गर्नु ल, म बावुलाई बोर्डिङ पुर्याएर आइ हाल्छु।”
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…