अम्बिका धिताल
कमलविनायक भक्तपुर
आज म त कोपिला
भोलि फुल बन्नेछु
राम्रो काम गरेर
मगमग बास्ना छर्नेछु।
पानी जस्तै बगेर
गन्तव्यमा पुग्नेछु
सगरमाथा चढेर
आफ्नो नाम राख्नेछु।
चरा बनी उडेर
आकाशमा छुनेछु
चन्द्रमामा पुगेर
रातमा ज्योति भर्नेछु।
समस्यामा डटेर
हलगर्न लाग्नेछु
दुःख पीडा हटाइ
खुसी भर्न जाग्नेछु।
नेपालमै बसेर
माटो पूजा गर्नेछु
विद्या बुद्धि अर्पेर
देशको नाम राख्नेछु।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…