केशवराज अधिकारी
सानू सानू खिरौटे छ
खुट्टा लामा लामा।
सुँढ पनि रैछ यस्को
के हो यस्तो आमा?
हाम्रै रगत चुसी खाने
रोग सार्ने काम।
लुकि लुकि टोक्छ यस्ले
लामखुट्टे हो नाम।
सुँढ लामो हात्ती हैन
चरो हैन उड्छ।
सधैँ साँझ बिहानमा
बस्ती बस्ती डुल्छ।
बजाउँदै मीठो धुन
नजिकिंदै आयो।
हाम्रो रगत मिठ्ठो मान्दै
चुस्दै चुस्दै खायो।
जहाँ जहाँ पानी जम्छ
फुल पार्न धायो।
जाडो मैना हराउने
गर्मी लाग्दा आयो।
रोग लाग्ने भाइरस
लामखुट्टेले बोक्छ।
हामीलाई सार्न भनी
घरै आई टोक्छ।
इन्सेफलाइटिस,डेङ्गु
मलेरिया अरु।
स्वयन्फ्लु र हात्तीपाइले,
सार्छ रोगहरू।
ल है सबै होसियार
बन्नु पर्ने भा छ।
भत्काई दिऊँ लाम्खुट्टेको
बस्ने घर जाँ छ।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…