घनश्याम रेग्मी
स्कुलबाट फर्केर
पोशाक जुत्ता खोलेर
हातमुख धोएथेँ
खाजा चिया खाएथेँ
झोला खोलेँ मिलाएँ
तुम्लेट डिब्बा थन्काएँ
काम थियो घरको
लेख्नु पर्ने लरको
लेख्न बसेँ म चाहीँ
थिएन मेरो ध्यान काहिँ
कताबाट खेल्दै खेल्दै
आईपुग्यो भाइ त्यहीँ
तस्बिर चित्र देखेर
खेल्ने चिज सोचेर
मैले लेख्या हेरेर
कापीभरि केरेर
क क गर्छु म पनि
भन्दै जिद्दी गरेर
तान्न थाल्यो किताब
च्यातिएर बिजोग
मैले यता तानेको
भाइले उता तानेको
कति पाना च्यातिए
थिएन उसले जानेको
होमवर्क गर्न दिएन
आमालाई फुर्सद थिएन
भाइ लाग्यो चिच्याउन
सकिन मैले भुल्याउन
आमालाई बोलाएँ
फुल्याउनलाई अह्राएँ
आमाले बुबु दिनु भो
भाइ त चुस्दै नुनु भो।
इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…