Categories: कविता

“नेपालीको पहिचान”


भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

विश्वका सामु नेपाल देश के हिमाल सानो छ
पौरखी हात खेती र बारी आ-आफ्नै मानो छ
प्रकृति उषा बेजोड मिलन हिमाल छाँगो भो
बुझ है सब स्वाधीन ताको आफैँमा रानो यो।

नेपालका कुना काप्चामा घुम छ माया देशको
युवाको रोक जमात अब छ माया भेषको
थालनी गर सारथी युवा पुस्ताको खाँचो छ
विवेक दिई विश्वास गर तिनै‌मा साँचो छ।

नेपाल हाँसे तीनकुने झण्डा खुलेर हाँस्दछ
डाँफे र मुनाल हिमाल पारी तालमा नाच्दछ
किताबी ज्ञान होइन अब बानीमा उतारौँ
सतहत्तर जिल्ला प्रदेश सात चिनारी बढाऔँ।

जन्मेको देश माटोको माया प्रगाढ अति नै
नेताको दिल दुखेन कहिले बिग्रियो मति नै
अरुले हेप्दा सहन साह्रै गाह्रो पो भएछ
आमा र देश मायाले युवा सडक गएछ।

विलासी हुने खानेको जीवन सुखमै बितेछ
गरिब हुँदा खानेको जीवन दुःखमै बितेछ
विकृति उस्तै दिनहुँ हेर के विधि मौलाको
अन्याय देख्न नसकी आज जनता बौलाको।

मरेर लानु के छर कत्रो के गर्छ धनले
पैसानै सबै सुख हो भन्छ अज्ञानी मनले
सिस्टम बनाऊ नियम बनाऊ विधिको पालना
आँफू नि हिंड् अरू नि हिडांऊ को गर्छ सामना ?

पारदर्शी गर आचार सबै जनता मान्नेछन्
निश्पक्ष उल्था गरी त हेर जनता जान्नेछन्
समता मूलक समाज बनाऊ अन्याय को पर्ला
इलम देऊ गरेर खालान् भोकले को मर्ला?

हिमाल चिज तराई झार बजार व्यवस्था
नाजुक बाटो उपाय खोज सहज अवस्था
लगानी बढाऊ पउल मात्रा युवाको साथमा
पाखुरी बल नबनाऊ बाध्य विदेश जानमा।

पूर्खाले आर्जा देश हो हाम्रो विदेशी दखल
नदेऊ सुइँको हेप्दछ अरू हुदैनौँ सफल
पूर्वमा मेची पश्चिम काली नेपाल हाम्रै हो
उद्धमी बनौँ सफल होऔँ सबैमा राम्रै हो।

क्षणिक सोच नराखौँ सदा सबैको हितमा
समाती हात अगाडि बढौँ एउटै मितमा
द्वेषको भाव हटाऊ हामी नेपाली भूमिमा
गरिमा देशको फैलाऊ मिली यहीं यो जुनीमा।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

16 hours ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

17 hours ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

17 hours ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

2 days ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

2 days ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

2 days ago