माहेश्वरी भट्ट
कञ्चनपुर
“आमा, म अब विदेश जान्छु,” — नरेशले करकरी आवाजमा भन्यो।
आमाले अचम्म मान्दै सोध्नुभयो, “किन र बाबु? तेरो पढाइ त राम्रै छ, यहाँ केही गर्न सकिन्छ नि।”
नरेशको स्वर भारी भयो—
“आमा, हाम्रो समाज फेरिएको छ। सम्बन्धभन्दा पैसाको मूल्य बढेको छ। साथीहरू सबै विदेशिएका छन्, उनीहरूका घरमा नयाँ मोटर, महँगो फोन छ। हामी त अझै भाडामा बसिरहेका छौं। कहिलेसम्म यसरी संघर्ष गर्ने?”
आमा केही बेर मौन बस्नुभयो। आँखा रसाउँदै पुरानो कापी देखाउँदै भन्नुभयो—
“यो कापी तेरो बाल्यकालको हो। सानोमा ढलेर लेख्न सिकेको अक्षरहरू अझै सुरक्षित छन्। याद छ? पढ्दा पढ्दै आँखा पोल्थ्यो, मसँगै रातभर जाग्राम बस्छौ भन्ने। बाबु, जीवन सजिलोसँग सिकिँदैन, अनुभवको चटारोमै मान्छे बन्छ।”
नरेश चुपचाप भित्तामा टाँसिएको दिवंगत बाबुको फोटोतर्फ हेर्दै उभियो। बाबु पनि कतारमै काम गर्दा रोगले ज्यान गुमाउनु भएको थियो। त्यो पीडाले घरलाई अझै पोलिरहेको थियो।
आमाले फेरि भन्नुभयो—
“बाबु, संघर्ष नगरी पाएको सुखको मूल्य हुँदैन। तर अनुभवले सिकाएको संघर्ष जीवनभर काम लाग्छ। हामीसँग सम्पत्ति छैन, तर अनुभव छ, आत्मबल छ। विदेश जाने सपना देख, तर आफ्नो देशमै केही सिर्जना गर्ने आँट गर। यसरी मात्र तेरो जीवन अरूका लागि उदाहरण बन्छ।”
नरेशको आँखा रसाए। उसको मनमा बुबाको खोसिएको सपना र आमाको बलिदानी सम्झना मिसिए। बाहिरको आँगनमा बच्चाहरू खेलिरहेका थिए—उनीहरूलाई हेर्दा लाग्यो, यही माटोमा उभिएर केही गर्न सके मात्र भविष्यको साँचो पाठ सिकिन्छ।
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…
View Comments
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.bh/register?ref=IHJUI7TF