Categories: बाल कथा

सहानुभूति


नानि भारद्वज

“आमा !”
“है !”
“यसैगरी वर्षैभरी खडेरी परिरहे हामी कसरी बाँच्ने !”
“नआत्तेऊ बाबू , एक दिन धर्ती हराभरा हुनेछिन्।”
“आमा,एउटा कुरा भनौँ ?”
“भनन !”
खडेरीको चपेटामा परेका मृगिणी र उसको पाठोका बीच यसरी कुराकानी हुँदैथियोे।
“म बिहानै पानी पिउन भनेर तलाउ छेउमा गएको थिएँ त्यहाँ बस्ने अंकलले कति राम्रो सल्लाह दिनुभयो।”
“के सल्लाह ?”
“हेर,खडेरीमा खान नपाएर कत्ति दुब्लाएछौ।”
“हो त अंकल, एक हप्ता भो हरियो नदेखेको।”
“आमाको दूध त खाँदै छौ नि ?”
“आमाले पनि खान नपाएकाले उनको दूध पनि आउँदैन।”
मृगिणी पनि छोराले भनेको कुरामा चासो दिइरहेकी थिइ।
“अनि के भन्यो त उसले ?”
“जाऊ तिम्री आमालाई पनि लिएर आऊ, म तलाउको पल्लो भित्तोमा भएको दुबो चुडेर तिमीहरुलाई ल्याइदिन्छु।”
भोकाएकी आमालाई पनि चासो लाग्यो।
“कहाँ छ त तिम्रो त्यस्तो दयालु अंकल ?”
“हिंड जाउँ आमा !”
आमाछोरा कस्सिएर तलाउको डिलमा पुगे।
“ऊ… त्यहाँ हेर त पानीमा तैरिरहेकाछन् ।”
“ए ! बाबू त्यो त गोही पो हो त, त्यस्ताको आँसुको कहिल्यै विश्वास नगर्नू है !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

24 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

24 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

1 day ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago