नरिश्वर गौतम
नेपाल सुन्दर शान्तिको देश
हिमाल पहाड तराई मधेश
फरक संस्कृति भाषा र वेश
अनेकतामा एकता विशेष ।।
जाति र धर्म पहिरन परिकार
सम्मान महत्व सबका बराबर
कला र सीप संस्कार असल
छन् प्रकृतिका भण्डार विशाल।।
हजारौँ नदी र खोला पवित्र
हिमाल ताल छहरा विचित्र
अमूल्य बुटी जीव अनेक थरि
नेपाल हाम्रो छ स्वर्गसरि ।।
जनक सीता र बुद्धको देश
फैलाउँ ज्ञान र शान्ति सन्देश
पूर्खाको वीरता गौरव सान
नेपाल हाम्रो राष्ट्र महान ।।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…