Categories: बाल कथा

सुमार्ग

पी पी कोइराला
धरान-१३

” खाली चौरमा भवन बनाउँदा हुन्न सर मिस हरु?”
धेरैले प्र अ को कमाउने दाउ शुरु भो भनी शंका गरे।
“विद्यार्थीहरु घट्ने क्रम जारी छ।”नयाँ शिक्षिकाले मिटिङमा गम्भिरता जनाइन्।
” नेपाली समाज भित्रको टड्कारो समस्यामा हात हालौँ न?” वि व्य सका अध्यक्षले प्रस्ताव राखिन्।
सबैका कान त्यतातिर फर्किए।
उनले फेरि भनिन्,”हाललाई एक तले चार कोठे भवन बनाउँ ।”
सबै स्टाफ चकित परे। कोही मुरमुरिए।
प्र.अ. खुशीले हर्षित भएको देखेर केहि स्टाफहरुले मनमनै अडकलक काटे , “कम्तिमा पनि पाँच छ लाख त झ्वाम हुने नै भो। महिला अध्यक्ष्य पनि खान पल्केकी रहिछिन् । मान्छेलाई चिन्नै गाह्रो” अध्यक्ष्यले प्रष्ट पार्दै गइन्,”त्यो नयाँ भवनमा बृद्धबृद्धाहरु बस्नेछन्। ”
प्र.अ.छाँगाबाट खसेझैँ भए। उनले भने, “काहीँ नभाको जात्रा,समाजले मान्छ त?”
अध्यक्षले तुरुन्तै भनिन्,”बृद्धबृद्धाहरुप्रति सकारात्मक सोच राख्नेहरुको कमी भएरै समाज भाँडिएको छ।”
प्र. अ. ले फेरि कुरा घुमाए ,” घरहरुमा बसिरहेका बुढाबुढीलाई निकालेर झन विथोल्ने काम सोच्नु भाको?”
अध्यक्ष्यले उच्च स्वरमा भनिन्,” होइन सर। धेरै घरमा बुढाबुढीहरुलाई खान ,लाउन,सुत्न ,आराम गर्न असुविधा भाको छ। घरका सदस्यहरुहरुको लापर्वाहीले गर्दा सरकारले दिएकै बृद्ध भत्ताको दुरुपयोग भाको छ। आफन्तहरुले समय नदिएर निशुल्क ओषधी उपचारको पनि अनुपयोग भएको छ । मनोरञ्जन र खेलकुदको कुरा त हाँसेरै उडाउँछन्। उहाँहरुलाई सेवा श्रद्धाको पूरै अभाव छ। कतिपयले त विदेशमा लगेर पनि डिप्रेसन हुनेगरि दुर्व्यवहार गरेका छन्”।
प्र .अ. ले आफ्नो दुनो नसोझिने बुझेर अध्यक्ष्यलाई रोक्न खोज्दै भने,”त्यसो भए यो विद्यालय हुन्छ कि बृद्धाश्रम ,म्याम ? कि केटाकेटीहरुलाई शिक्षा दिने काम चाहिँ छोड्ने हो अब?”
अध्यक्ष्यले शान्त र हँसिलो मुद्रा बनाएर प्र अ तिर हेर्दै भनिन् ,”छोड्ने भनेकै छुइन! ती अनुभवी बृद्धबृद्धाहरु पनि याहाँ सजिव पुस्तकै त हुन्छन् नि”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

17 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

17 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

18 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago