Categories: बाल कथा

शहिदकाे माग

टीकाराम जाेशी
इमाडाेल

“हे धर्मराज ! हामीलाई नपठाउनुस् मर्त्यलाेकमा । हामीलाईँ जाने मन छैन। ”
“हैन ! म तिमीहरुलाई जानबाट राेक्न सक्दैन। किनभने हाम्राे पुर्व निर्धारित वार्षिक कार्यक्रम अनुसार तिमीहरुलाई श्राद्धकाे बेला मर्त्यलाेकमा नपठाई हुँदैन। तिम्रा आफन्तहरुले तिमीहरुकाे श्रद्धाका साथ सम्झना गरेपछि हाम्रो स्वचालित प्रणालीले मर्त्यलाेकमा पठाई हाल्छ।”
” हे धर्मराज ! आजलाई जसरी भएपनि हामीलाई मर्त्यलाेकमा जानबाट राेक्ने व्यवस्था गर्नुहाेस्। बिन्ती छ। ”
“किन र? ”
“आज हामीलाई आफन्तहरुले बाेलाएकाे हैन। माघ साेह्रमा शहिद दिवस भनेर हामीलाई राष्ट्रले सम्झना गरेकाे हाे । आज हाम्रा तस्वीरमा जनताका अगुवाहरुले माल्यार्पण गर्नेछन्। हाम्रो बलिदानीकाे गुणगान गर्नेछन्। बालबालिका,बृद्ध बृद्धा बिरामी हरुलाई फलफूल,खाना बाँड्नेछन्।”
“याे त सरकारी निर्णय बाट गरिने सामुहिक श्राद्ध नै भाे। हाम्रो प्रणालीले यसलाई श्राद्ध नै बुझ्छ।”
“हाेइन !याे श्राद्ध होइन। हेर्नुस् जनताकाे दशा । आफ्नाे देशभन्दा विदेशलाई माया गर्न बाध्य भएकाे जनता । उत्पीडित जनताले श्राद्ध कसरी गर्न सक्छ ? अहिले यिनीहरुलाई हेर्दा हामीलाई मृत्युवरण गर्दाखेरिकाे पीडा भन्दा बढी पीडाकाे अनुभव हुन्छ । “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

11 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

12 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago