कुशल अधिकारी
कक्षा : ७ `ए´
पनौती ०५ काभ्रे एस ओ एस
विद्यालय जान्छु म
सबैसँग मिल्छु म
कापीकलम समाएर
पढ्न बस्छु म ।
भाेलिकाे बिहानीमा
सफासुग्घर भएर
सबैसँग मिलेर
पढ्न बस्छु म ।।
पर्सिपल्ट बिहानीमा
गृहकार्य गर्नेछु
साथीसँग मिलेर
पढ्न बस्नेछु ।।।
पर्सिपल्ट बिहानीमा
स्कुलबाट आउनेछु
खाजासाजा खाएर
पढ्न बस्नेछु ।।।।
अर्को पनि दिनमा
स्कुलबाट आउनेछु
सफासुग्घर भएर
पढ्न बस्नेछु ।।।।।
फेरि अर्को दिनमा
स्कुलबाट आउनेछु
फुटबलपनि खेलेर
पढ्न बस्ने छु ।।।।।।
गुरुबाले पढाएकाे
सबैकुरा बुझ्नेछु
कापी-कलम समाएर
पढ्न बस्ने छु ।।।।।।।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…