बिष्णु उप्रेती
निकाेसेरा राधेराधे
भक्तपुर
हर्केले नाम्लो काँधमा झुन्ड्यायाे। टाेपीले अनुहारको पसिना पुस्याे। अनि औषधी पसलकाे डिलमा थचक्क बस्याे। आँखा पर पर सम्म दौडायाे। कतै कसैले ईसारा पाे गर्लान् कि भन्ने झिनाे आशामा। जेष्ठकाे चर्काे घाम। कालो सडक तातेर बल्ला जस्तै थियाे। औषधी पसल अगाडि एउटा कालाे चिल्लाे ,कार आएर राेकियाे। एउटा भद्दा अनुहार भएकाे माेटे मान्छे कारबाट ओर्लिएर औषधी पसलमा आयाे।
केही कामकाे आशाले हर्केले उसलाई निहालेर हेर्याे। सम्झ्याे निकै धनीमानी मान्छे हाेला।
“भाेकलाग्ने र खानामा रुचि बडाउने राम्रो औषधी दिनु त साहुजी। अनि निन्द्रा लाग्ने औषधी पनि दिनु हाेला है।” माेटेले पसलेलाई भन्याे।
केही छिनपछि पसलेले औषधी दिँदै माेटेलाई भने- “याे औषधी बिहान बेलुका एक एक गाेली खाने खानापछि। अनि निन्द्राकाे औषधी लिनलाई डाक्टरको पुर्जी चाहिन्छ।”
माेटेले बिलअनुसारकाे र एकसय पचास रुपैया बुझाएर दवाई लियाे र गाडीमा गएर बस्याे।
हर्केले माेटेकाे गाडीलाई आँखाले देखिन्जेल हेर्याे। हर्केले एकछिन केही साेच्याे । उसले आफ्नाे अस्काेटकाे गाेजी छामछुम पार्याे।
अनि अलि बिस्तारै हर्केले औषधी पसलेलाई भन्याे, “ए साहुजी मलाई पनि भाेक नलाग्ने औषधी दिनुत।”
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…