भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट ४, नवलपुर
“रातभरि निद्रा परेन। सोची रहे आखिरी! के दिनेहोला ? अरुको भन्दा फरक हुनुपर्छ नत्रभने महत्व हुँदैन। यतिकै उज्यालो भयो।” सौरभले भन्यो।
खै मैले त टुङ्गो लगाउनै सकिन, किन हो ? धेरै सोचे कि क्याहो मैले त । टिसर्ट दिऊ भने उसैका जत्ति नि छन् । फ्रेम दिऊ भने अरुले नि त्यहीँ दिने होलान् । जुत्ता पनि उसैसँग छन् । आखिर दिऊ त के दिऊ ? सोचेरै छट्पटायो ।के चाहिएको छ, सोधु कि क्याहो ? हा लाजैमर्नु हुन्छ होला, सोध्दिन म त । सोध्यो भने त केही चाहिदैन, भनिहाल्छ नि ? उसैलाई नि के सोध्नु ? फेरि फतफतायो।
मिल्ने साथी हो । हरेक कुरामा सघाउँछ । हामीभन्दा हुँनेखाने पनि छन् । कमी त उसलाई केही कुरामा छैन ? तैपनि भिन्न चिज के दिऊ खै ? जसको महत्व बेग्लै होस् ।
रातभरि निन्द्रा परेन । के दिने होला भनेर सोच्दासोच्दै उज्यालो भयो । तैपनि टुङ्गो लगाउन सकिन । हा म त सोच्नै सकिन । मनमनै कुरा खेलायो।
“ल अब जाने बेला नि भयो तर टुङ्गो लगाउन सकिन । छ्या ! दिमागमा किन केही फुरेकै छैन ? तिनै पुरानै कुरा मात्रै दोहोरिएको छ ।” कन्कनायो।
एक्कासी! मनमनै खुसी भयो । खाना खायो र हिँड्यो । सबै जम्मा भई सकेका रहेछन् । केक काटियो , खाइयो । सबैले खुसी बाँडे । केही न केही दिए।
सुबोधको पालो आयो। “समयले पर्खदैन बगेको खोला फर्कदैन हेर साथी। तिमीलाई सधैं समयको महत्व बुझाउने छ । समय बलवान् छ । यी मेरो उपहार ‘घडी’ भन्दै दियो ।”
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…