Categories: बाल कथा

परम्परा

मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं ७

“हैन, रमेशले छाेरीकाे विहेमा हल्दी, मेहन्दी र संगीत कार्यक्रम राखेको छैन कि क्या हाे ! बाेलाएन नि त ?” घरमा आईपुगेकाे निम्ता कार्ड हेर्दै छिमेकी किशोरले आफ्नी श्रीमतीलाई साेध्याे ।
“टीकाटालाेकाे कार्यक्रम गरिहाले। विहेको मुख्य काम भनेकाे कन्यादान हाे, त्यसमा बाेलाएकै छ त ! अनि, किन चाहियाे तपाईंलाई नानाथरी कार्यक्रम ?” श्रीमतीले जवाफ फर्काईन् ।
“सबैले गर्न थालेका छन् त अहिले ! त्यत्राे सम्पत्ति भएको मान्छेले, एउटीमात्र छाेरीकाे विहेमा पनि कञ्जुस्याईं नगरेको भए हुन्थ्यो भनेर नि !”
“हाम्रो चलन पाे गर्ने त ! आयातित र देखासिखी काम गरेर परम्परा किन बिगार्ने बेकारमा ? नचाहिंदो आडम्बर नदेखाएर रमेश बाबुले उदाहरणीय काम गर्नुभयो ।”
“के काे उदाहरणीय काम ! लाेभीले धन बचाएकाे भनन् !”
“तपाईं पनि एकदुई छाक बढी खाने लाेभमा परम्परा बिगार्नेहरुकै लाइनमा जाँदै हुनुहुन्छ श्रीमानज्यू ! आखिर, जतिसुकै मीठो र महँगो खाना खुवाएपनि खानेले जस दिँदैनन्, एउटा न एउटा खाेट देखाइहाल्छन् क्यारे !”
“हेर्नुस्, एउटा पुस्ताले गरेकाे पाखण्ड पछिल्लो पुस्ताका लागि परम्परा बन्दै जान्छ, त्यसैले यस्ता कुरामा म चाँही रमेश बाबुको पक्षमा ।” उनले श्रीमानलाई हेर्दै थपिन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

15 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

15 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

2 days ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

4 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

4 days ago