भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट : ४, नवलपुर

“हैन, कति खान सकेको हो, यो झोल पनि ? खान पनि हेर दिउँसै खाएको छ ? कसैले देखेभने नि के भन्लान् ? छि ! कस्तो लाज नभएको मान्छे होला ?घरमा जवान छोरी छ।हैन ! मैले रक्सी पिउँदै हिँड्दा छोरीको मनोविज्ञानमा कस्तो असर पर्ला भन्ने नि नसोच्ने किन होला ? आजकल त झन घरबाट बाहिर हिँड्न पनि खोज्दिन ? बुझ्ने भइछे छोरी यसो सोच्नु भएको छ केही ? अस्ति पसलमा तरकारी किन्न पठाएकी थिए । त्यहीँ पसलमा नै तपाईका बारेमा सोधेछन् । लाजले भुतुक्कै भइछे । अचेल मलाई बाहिर नपठाउनु है ! आमा भनि । कम्ता पिर परेको छ मलाई ? तपाईले बुझ्नु भएको छ । स्वास्नीले लोग्नेलाई हकार्छे ।
अनि फेरि मलिन हुँदै ! “घरमा विहे गर्ने बेला भएकी जवान छोरी छे । जिम्मेवारी को त कुरै भएन ? कोही माग्न आए भने नि बाउको हालत यस्तो रहेछ भन्ने हुन कि ? कतै तपाईंको पिउने बानीले गर्दा छोरीको विवाहमा वाधा त आउँदैन ? भनेर उदास हुन्छे ।”
लोग्नेले ठाडो स्वरमा, ” हैन खाए त खाए मेरै बाउको खाए तलाई के को टाउको दुख्यो हँ ? नाथे, त्यसै ठूली भएकी छे । खान , लाउन पाकै छस् क्यारे ! तिमीहरुलाई सबै चिज पुर्याएकै छु । त्यसै जान्ने हुँदी रहिछे बडा !” लोग्नेले ठूलो स्वर गरे ।
” घरको इज्जत कहाँ पुगिसक्यो ? खान, लाउन पनि मैले नै दु: ख नगरी नहुने रहेछ । अझ हेर न कत्रो फुर्ती छ ? यसो घरको दु:ख सुखको कुरा गरौँ कि भनेको कहिल्यै नहुने भयो जहिले नि यस्तै हैरान भए म त । स्वास्नीले भनी।
लोग्ने ! ” घरमा आयो कि जहिले कचकच मात्रै गर्छे । आउन नि मनै लाग्दैन के गर्नु ? मलाई त माया गर्न जानेकै छैन , कराउन बाहेक । मलाई देखेपछि यस्लाई त उठ्ने रिसै हो । अरुका स्वास्नीले कति सम्मान गर्छन् लोग्नेलाई ? आफ्नो भने बिग्रिएको रेडियो झै जतिखेर नि क्यारक्यार क्यारक्यार । ” झिझ्झियो लोग्ने ।
अर्को दिन राम काकाले छोरीको विहेको लागि केटा लिएर हेर्न घर आए। स्वास्नीले लोग्नेलाई सुटुक्क भनि । “कतै रक्सी पिउने लत त छैन केटाको ? अलि राम्रोसँग बुझ्नु है ! आफ्नो पीडा सम्झेर झस्किई ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

14 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

14 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

2 days ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

4 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

4 days ago