Categories: बाल कथा

परिकल्पना

मित्र ‘उराठी’ गौतम
अमरपुर –गुल्मी, हालःतिलोत्तमा -२, रुपन्देही

आवश्यक सामग्रीहरु बोकेर मिस्त्रीहरु आइपुगे।
मुनाल विद्यालय नजाने मनस्थितिमा थियो।तर राम्ररी सम्झाइवुझाइ गरेपछि नमिठो मान्दै ऊ झोला बोकेर हिँड्यो।
मिस्त्रीहरुले दिनभर सोलार प्यानल,बत्तीहरु जोडजाड गरे।


नमिठो मान्दै विद्यालय गएको मुनाल फर्कदा भने उत्साहित भएर फर्किएको थियो। फर्कनासाथै झोला पनि नराखी सोलार बत्तीको स्वीच थिचेर दङ्ग परेको थियो।
टुकी बत्तीको मधुरो उज्यालोमा वर्षौँ विताएको मेरो घर आज सोलारको उज्यालोमा झलमल्ल भएको थियो। सोलार बत्तीमा छोरो औधि रमाएको थियो। परिवारमा पनि खुसियाली छाएको थियो।
“साँच्चै बाबा! यो सोलारमा कहीँकतैबाट तार जोडेर त ल्याएको छैन्,तर कसरी बल्छ यो ?”,मुनालले जिज्ञासा राख्यो।
“यो सोलार पाताले दिनभर सूर्यको प्रकाश शोषण गरेर बेट्रिमा जम्मा गर्छ। यसरी जम्मा भएको प्रकाश बिजुलीमा रुपान्तरण हुन्छ। त्यो बिजुली बेट्रिबाट तारको माध्यम हुँदै बल्वमा पुगेर उज्यालो दिन्छ।” आफ्नो बुढो दिमागले जे बुझेको थियो त्यही जवाफ दिएर छोराको जिज्ञासा मेटाउने कोशिस गरेँ।
बेलुका नसुञ्जेल छोरो घरि यता घरि उता गरिरह्यो। जोडिएका तारहरु,सोलार प्यानल,बेट्रि नजिकबाट नियालिरह्यो।स्वीच थिच्ने,बत्ती बाल्ने,निभाउने गरिरह्यो।
अर्को बिहान,उठ्नासाथै उत्साहित हुँदै भन्यो,”बाबा!म धेरै पढेर बैज्ञानिक हुन्छु है ?”
“ठिक छ यो त बडो राम्रो कुरा हो नि।”, मैले उसको कुरामा समर्थन जनाउँदै भनेँ।
“अनि थाहा छ बाबा,मैले के पत्ता लगाउँछु ?”, हौसिँदै बोल्यो।
“भन त के पत्ता लगाउने ?”, मैले सोधेँ।
“सोलारले आकाशबाट प्रकाश जम्मा गरेर उज्यालो दिन्छ। मैले पनि रातिमा आकाशमा भएको अँध्यारो जम्मा गरेर कालो मसी,कालो रङ बनाउने यन्त्र बनाउँछु।”, उसले सहज जवाफ फर्कायो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago