Categories: शिक्षा

खाजा किन चाहियो?

अम्बिका कँडेल

कक्षा ६ की सरिता,
पेट दुख्यो भनेर छटपटीइन्।
अफिसमा ल्याएँ,
एक गिलास पानी पिएपछि,
मैले सोधेँ –
बिहान के खाएर आएकी?
आँखा पिलपिल पार्दै भनिन्-
“आज केही नखाइ आएको।”
बिचरा! भन्दै
चमेनागृहमा लगी,
सुरेस सरले केही खुवाउनुभो।


पेट दुख्न सन्चो भो,
आज सुरेस सरले खुवाउनु भो,
भोलि अर्को सरले खुवाउनु हुन्छ,
खाजा किन चाहियो?
सोहीकक्षाकी की बिना,
लेख्न सकिन भन्दै ,
रुदै थिइन्।
बाउ आमा लड्दा,
झुक्किएर उनको हातमा लागेछ,
सुन्निएछ, लेख्नै मिलेन
रुदै भनिन्-
आज भात खाएकै छैन।
करुणा मेडमले,
आफुलाई ल्याएको
नास्ता खुवाउनु भो,
नजिकको
स्वास्थ्य चौकी पुर्याउनु भो।
आज मेडमले खुवाउनु भो,
भोलि अर्को मिसले खुवाउनु हुन्छ।
नास्ता किन चाहियो?
नरेशले हिजो गृहकार्य गरेन,
शान्तपुर्वक भन्यो-
कापी छैन सर।
आमाले कापी किन्न दिएको पैसाले ,
एउटा समोसा खाएँ।
निकै भोक लागेको थियो।
हेडसरले एउटा कापी दिँदै भन्नुभो,-
भोकै बस्न हुन्न है बाबु!
आज हेडसरले दिनुभो,
भोलि कर्मचारीले दिनुहुन्छ।
खाजा किन चाहियो?
नितिनको टिफिन,
कक्षाबाट हराएछ,
चोर पत्ता लागेपछि पनि,
दण्ड दिन हात उठेन,
ऊ पनि त भोकै थियो कठै!
मुखेशको खाजा धेरै रहेछ,
बाँडिचुडी खान सिकाएँ।
आज एउटा साथीले दिए,
भोलि अर्को साथीले दिन्छन् ।
खाजा किन चाहियो?
खोला बेच,नदी बेच,कमाउ
इमान बेच , स्वाभिमान बेच कमाउ,
देश चिर,खण्ड खण्ड बनाउ,रमाउ
भागबन्डामा देशको बिलो लगाउ
खाँदेर निल अनि ,मोटाउ,
खाजा किन चाहियो?
ती कलिला भोका पेटहरुलाई,
अभावमा हुर्केका मुनाहरुलाई।

सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago