Categories: बाल कथा

“परिणाम”

डा. अमर कार्की
फ्लोरिडा, अमेरिका

कार्लोसको पेट अचानक बेस्सरी दुख्न थाल्यो। उसको बाबुले उसलाई अस्पताल पुर्यायो। डाक्टरले एक्सरे गरेर हेरे। उसको पेटमा प्लास्टिकको टुक्रा भेटियो। उपचार त भयो तर उसको अस्पतालको बिल देखेर उसको बाबु झन्डै बेहोस भएको थियो।
कार्लोसले हिजो एउटा इटालियन रेस्टुरेन्टमा डिनर खाएको थियो। उनीहरुले रेस्टुरेन्टलाई मुद्दा हाले।
रेस्टुरेन्टमा उसले खाएको माछा राखिएको फ्रीजबाट अरु माछाहरुको पोस्टमर्टम गरियो। पोस्टमार्टमको रिजल्टले माछाले प्लास्टिक खाएको पुस्टि भयो। त्यसपछि रेस्टुरेन्टले माछा आपुर्ति गर्ने कम्पनीलाई मुद्दा हाल्यो।


उक्त कम्पनीले माझीलाई दोष लगायो। माझी बिचर के गरोस उसले आफुले माछा मारेको समुन्द्रको तटमा गयो र टोलाएर बस्यो। खै मनमा के बिचार आयो एक क्षण पछि ऊ समुन्द्री तटको सुरक्षा केन्द्रमा गयो र त्यहाँको बिच क्यामराको फुटेजहरु उपलब्ध गराउन अनुरोध गर्यो।
गएको केही हप्ता देखिको फुटेजमा तटमा आउने मान्छेहरुले खाइसकेपछि प्लास्टिका झोलाहरु तटमा त्यसै छोडेको देखियो। ती प्लास्टिक समुन्द्रको छालले समुन्द्रमा बगाएर लगेका थिए। त्यसलाई माछाहरुले खानेकुरा भनेर खाएछन।
कार्लोसको घरको ढोकाको घन्टी बज्यो। कार्लोसले ढोका खोल्यो। त्यहाँ प्रहरीहरु थिए। उनीहरुले उसको बाबुलाई एउटा भिडियो फुटेज देखाउदै भने, “तिमीले केहि दिन अघि समुन्द्रको तटमा फोहर छोडेर आएछौ। त्यसमा प्लास्टिक पनि थियो जुन समुन्द्रमा बगेर गयो। त्यसैले एउटा माझीले तिमीलाई मुद्दा हालेको छ। तिमीलाई जरिबाना सहित २ महिनाको जेल सजाँय हुन सक्छ। ल हिँड हामी सँग।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

12 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

12 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

13 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago