तुलसी प्र. पण्डित
पढाइको पाठ उदेश्य थियो । सबैको उदेश्य के हो बुझ्नु पर्ने थियो । फेरि उदेश्य अनुसार सबै पढ्ने वातावरण मिलाउनु पर्ने थियो । मैले सबै विद्यार्थीहरुलाई तिम्रो भोलिको उद्धेश्य के हो ? भन्दै सोद्धै गएँ । कोही भन्थे डाक्टर ,कोही भन्थे इञ्जिनियर, कोही भन्थे नर्स ,कोही भन्थे पढाउने सर, कोही भन्थे कलाकार ।यसरी सबैले आआफनो जीवनको उद्धेश्य भन्दै गए ।
सबैको उदेश्य उपर छलफल भयो ।
मैले भने । “के उदेश्य लिएर मात्र हुन्छ र ?” ” हुँदैन सर त्यही अनुसार पढ्नु पर्छ नि ।” “हो ठिक भन्यौँ । हेर बिना दुख सफलता हात लाग्दैन ।”
हिते उठ्यो । “सर म डाक्टर बनेर सबैको सेवा गर्ने हो ?” उसको कुरा सुनेर सबै साथीहरु गलल हाँसे । “हैन तिमीहरु किन हाँसेका ? ” “सर हिते सबै कक्षामा फेल हुन्छ । फेरि डाक्टर बन्ने रे । कस्तो उदेग लाग्दो कुरा ।” हितेको मुख अँध्यारो भयो । उसको इरादामा तुषारापात न होस् भन्दै मैले भने । ” हेर उसले आजबाट डाक्टर बन्ने उदेश्य लिएको हो । अब ऊ मिहेनत गरेर पढ्छ । अनि ऊ सफल हुन्छ ।” हितेको अनुहार उज्यालियो । उसले भन्यो । “सर म अब मिहेनत गरेर पढ्छु । अनि यिनीहरुलाई देखाइ दिन्छु । यो डाक्टर बन्न सक्छ कि सक्दैन भन्ने कुरा ।”
चतुरे उठ्यो । सर यो शरणले आफ्नो उदेश्य भनेकै छैन ? मैले उसलाई सोधेँ । “शरण तिम्रो के बन्ने उदेश्य छ ?” उसले हाँस्दै भन्यो । ” नेता ।” मलाई आश्चर्य लाग्यो । “किन ?” उसले झट्पट् गरी जवाफ दियो । ” सर जति सम्पत्ति थुपारे पनि नेता भएपछि कानुन लाग्दैन । त्यै भएर हो सर ।”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…