Categories: बाल कथा

“उदेश्य”


तुलसी प्र. पण्डित

पढाइको पाठ उदेश्य थियो । सबैको उदेश्य के हो बुझ्नु पर्ने थियो । फेरि उदेश्य अनुसार सबै पढ्ने वातावरण मिलाउनु पर्ने थियो । मैले सबै विद्यार्थीहरुलाई तिम्रो भोलिको उद्धेश्य के हो ? भन्दै सोद्धै गएँ । कोही भन्थे डाक्टर ,कोही भन्थे इञ्जिनियर, कोही भन्थे नर्स ,कोही भन्थे पढाउने सर, कोही भन्थे कलाकार ।यसरी सबैले आआफनो जीवनको उद्धेश्य भन्दै गए ।


सबैको उदेश्य उपर छलफल भयो ।
मैले भने । “के उदेश्य लिएर मात्र हुन्छ र ?” ” हुँदैन सर त्यही अनुसार पढ्नु पर्छ नि ।” “हो ठिक भन्यौँ । हेर बिना दुख सफलता हात लाग्दैन ।”
हिते उठ्यो । “सर म डाक्टर बनेर सबैको सेवा गर्ने हो ?” उसको कुरा सुनेर सबै साथीहरु गलल हाँसे । “हैन तिमीहरु किन हाँसेका ? ” “सर हिते सबै कक्षामा फेल हुन्छ । फेरि डाक्टर बन्ने रे । कस्तो उदेग लाग्दो कुरा ।” हितेको मुख अँध्यारो भयो । उसको इरादामा तुषारापात न होस् भन्दै मैले भने । ” हेर उसले आजबाट डाक्टर बन्ने उदेश्य लिएको हो । अब ऊ मिहेनत गरेर पढ्छ । अनि ऊ सफल हुन्छ ।” हितेको अनुहार उज्यालियो । उसले भन्यो । “सर म अब मिहेनत गरेर पढ्छु । अनि यिनीहरुलाई देखाइ दिन्छु । यो डाक्टर बन्न सक्छ कि सक्दैन भन्ने कुरा ।”
चतुरे उठ्यो । सर यो शरणले आफ्नो उदेश्य भनेकै छैन ? मैले उसलाई सोधेँ । “शरण तिम्रो के बन्ने उदेश्य छ ?” उसले हाँस्दै भन्यो । ” नेता ।” मलाई आश्चर्य लाग्यो । “किन ?” उसले झट्पट् गरी जवाफ दियो । ” सर जति सम्पत्ति थुपारे पनि नेता भएपछि कानुन लाग्दैन । त्यै भएर हो सर ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

11 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

11 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

12 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago